२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेयर पदमा लड्न ६० हजारको जागिरबाट राजीनामा

३१ चैत्र २०७३, बिहीबार ०७:१८

चैत ३१, चितवन । स्थानीय तहको चुनावी सरगर्मी बढिरहँदा कृषि तथा वन विज्ञान विश्वविद्यालयको विशिष्ट श्रेणीको प्राध्यापकको जागिर छाडेर प्रा डा सूर्यकान्त घिमिरे भरतपुर हानगरपालिकाको मेयर पदका लागि प्रत्याशीका रुपमा देखिनुभएको छ । 

ग्रेडसहित मासिक ६० हजार रुपैयाँ तलब खाँदै आउनुभएका घिमिरेले महानगरपालिकालाई दूरदर्शी ढङ्गले सञ्चालन गर्नसक्ने आफू उपयुक्त उम्मेदवार भएकाले टिकट पाउने विश्वासका साथ जागिरबाट राजीनामा दिएर महानगर क्षेत्रमा घरदैलो अभियानमा लागेको बताउनुभयो । 

विद्यार्थी कालदेखि नै नेपाली कांग्रेससँग आबद्ध रहेर राजनीति गर्दै आउनुभएका घिमिरेले यसै महिनादेखि लागू हुने गरी विश्वविद्यालयको प्राध्यापकको जागिरबाट राजीनामा दिनुभएको हो । 

अझै ११ वर्ष सेवा अवधि बाँकी रहँदा सो विश्वविद्यालयका संस्थापक रजिष्ट्रारसमेत रहनुभएका घिमिरे कांग्रेसका अन्य आकांक्षीको लाममा जागिर छोडेर उत्रिनुभएको हो । 

त्रिचन्द्र कलेज काठमाडौँबाट आइएसीएजी, कृषि क्याम्पस रामपुरबाट बिएस्सी एजी र जापानको ओकायामा विश्वविद्यालयबाट एमएस्सी एजी एवम् सोही विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका घिमिरेले विसं २०४७ सालदेखि कृषि क्याम्पस रामपुरमा पढाउँदै आउनुभएको थियो । उहाँले अणुवंशिक विषयमा विद्यावारिधि गर्नुभएको हो । 

विद्यालयदेखि नै राजनीतिमा सक्रिय घिमिरे त्रिचन्द्र क्याम्पसको नेविसङ्घ एकाइका अध्यक्ष, कृषि क्याम्पस रामपुरमा नेविसङ्घका तर्फबाट दुई पटकसम्म स्ववियु सभापतिको उम्मेदवार भई पराजित हुनुभएको थियो । 

नेविसङ्घ चितवनका सभापति, नेका महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य, जिल्ला कार्यसम्पादन समिति सदस्य, नेपाल प्राध्यापक सङ्घको केन्द्रीय सदस्यलगायतका पदमा रहेर काम गरिसक्नुभएका घिमिरेले पटकपटक गरी झन्डै एक वर्ष जेल जीवन बिताइसक्नुभएको छ । 

घिमिरेका अनुसार पञ्चायतकालीन समयमा माडी, जगतपुरलगायतका क्षेत्रमा सङ्गठन विस्तारका क्रममा नेपाली सेनाले सार्वजनिक रुपमा बाँधेर यातना दिई बन्दीगृहमा राखेको थियो । 

महानगरका लागि नेकाबाट ३४ जनाले आकांक्षा देखाएका छन् । नेका भरतपुर महानगरले इच्छुक दावेदारलाई निवेदन दिन आह्वान गरेपछि ३४ जना पुरुषले मेयर र एक पुरुष र १४ महिला गरी १५ जनाले उपमेयरका लागि निवेदन दिएका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो