सागर शर्मा | बैशाख १ प्युठान | नेकपा एमाले प्युठानले जिल्ला तथा गाउँ स्तरका कार्यक्रमहरु जारी राखेको छ । हाल सम्म एमाले प्युठानले जिल्लाका सरुमारानी गाउँपालिकाको हंसपुर "/>
सागर शर्मा | बैशाख १ प्युठान | नेकपा एमाले प्युठानले जिल्ला तथा गाउँ स्तरका कार्यक्रमहरु जारी राखेको छ । हाल सम्म एमाले प्युठानले जिल्लाका सरुमारानी गाउँपालिकाको हंसपुर "/>
सागर शर्मा | बैशाख १ प्युठान | नेकपा एमाले प्युठानले जिल्ला तथा गाउँ स्तरका कार्यक्रमहरु जारी राखेको छ । हाल सम्म एमाले प्युठानले जिल्लाका सरुमारानी गाउँपालिकाको हंसपुर पालुथान, प्यूठान नगरपालिका धर्मावती, जुम्रिकाँढा, मल्लरानी गाउँपालिकाको खलंगा, रस्पुरकोट चौरपानी, चुँजाको सोलहाल्ना, गौमुखी गाउँपालिका ठूलावेसी, झिमरुक गाउँपालिका मच्छि, सौतामारे, विड्डाँडाफेदी, बादीकोटको बालुवाखेला र काँसीपोखरामा चुनावी सभा तथा वर्डा भेलाहरु सम्पन्न गरेको छ ।
दोस्रो चरणको अभियान अन्तर्गत गाउस्तरमा भएका कार्यक्रमलाई नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रचार बिभाग उप प्रमुख सुर्य थापाले सम्वोधन गरेका छन । थापाले कार्यक्रममा सम्वोधन गर्दै हालसम्म सरकारमा रहेका दलहरुले चैते र वैशाखे विकासको आश्वासनमा गाँउ छिरेपनि आफ्नो पार्टीलाई सिन्को असर नपर्ने दावी गरे । साथै चुनावी माहोलमा पार्टीका कार्यकर्ताले एक महिने विकासको झुट्टा भ्रममा नपर्न समेत थापाले मतदाताहरुलाई आग्रह गरेका छन् ।
चुनावको अवसरमा विकासका झुटा नारा बनाएर मतदातालाई आश्वासन दिएर मत नमाग्न पनि उनले सुझाव दिए । ‘निर्वाचनमा मतदातालाई विकासको आश्वासन होईन’, उनले भने , हामीले सपना बाँडेर मत माग्न सिक्नुपर्छ । ’ थापा संगै नेकपा एमाले प्युठानका उपाध्यक्ष हुकुम बहादुर खड्का लगायतले चुनावी सभामा सम्वोधन गरेका थिए ।
नेकपा एमाले प्युठानले गाउपालिका तथा नगरपालिकाका केहिँ ठाउँमा आफ्ना उम्मेद्वार तोकिसकेको र अन्य ठाउमा चयनको प्रक्रियामा रहेको एमाले प्यूठानले जनाएको छ । हाल सम्म करिब वडा स्तरमा उम्मेद्वार अन्तिम चरणमा रहेको बताइएको छ । बाकी रहेका ठाउमा पनि बैशाखको पहिलो हप्ता भित्र उम्मेदवार तोकिने एमाले प्युठानका उपाध्यक्ष हुकुम बहादुर खड्काले बताए ।
नेकपा एमाले जन्ताको हक हितका लागि लड्ने पाटी भएकाले प्युठानका उम्मेदवारहरु नेकपा एमाले पार्टीलाई मन पराएको उनले वताए । उनले प्युठान जिल्लाका नगरपालिका र गाउपालिकाका स्थानिय तहको निर्वाचन जित्ने दावी गरे । प्युठान जिल्लामा एक सय ५१ मतदान केन्द्र र एक लाख २७ हजार चार सय ४४ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय प्युठानले जनाएको छ ।