बैशाख १, ओखलढुङ्गा । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि र पर्यटन व्यवसाय नेपालको महत्वपूर्ण आर्थिक क्षेत्र भएकाले यसको प्रचार गर्नुपर्ने बताउनुभएको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १, ओखलढुङ्गा । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि र पर्यटन व्यवसाय नेपालको महत्वपूर्ण आर्थिक क्षेत्र भएकाले यसको प्रचार गर्नुपर्ने बताउनुभएको छ ।&nb"/>

2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

पर्यटन व्यवसाय नै मुलुकको महत्वपूर्ण आर्थिक क्षेत्र: राष्ट्रपति


बैशाख १, ओखलढुङ्गा । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि र पर्यटन व्यवसाय नेपालको महत्वपूर्ण आर्थिक क्षेत्र भएकाले यसको प्रचार गर्नुपर्ने बताउनुभएको छ । 

प्रथम थोले देम्बा पर्यटन महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले पर्यटन व्यवसायीसँग हातेमालो गरी बढीभन्दा पढी पर्यटन भित्र्याउनुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रको प्रवद्र्धन र दिगो विकासका लागि वातावरणीय व्यवस्थापन, सुरक्षाको प्रत्याभूति, समूचित सञ्चार व्यवस्था, सांस्कृतिक तथा स्वस्थ र सरसफाइसहितको होटल लज, होमस्टे र चिकित्सा सुविधा आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाइ छ । 

उहाँले पर्यटनको दिगो विकास र भावी पुस्तालाई हाम्रो आफ्नै सांस्कृतिक धरोहरको परिचय गराउन र दुई वर्षअघिको विनाशकारी भूकम्पले क्षति पु¥याएका मन्दिर, गुम्बा र सांस्कृतिक सम्पदाको संरक्षण पुनःनिर्माणमा जोड दिनुपर्ने बताउनुभयो । 

राष्ट्रपति भण्डारीले जिल्लाका समग्र सांस्कृतिक र पुरातात्विक स्थलको जगेर्ना गर्दा पर्यटन प्रवद्र्धनमा ठोस मद्दत पुग्ने हुँदा यस विषयमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “ऊर्जाशील युवाको जोश, जागर, ऊर्जा, सीप, अतिथ्यता, भाषाकुशलतासमेत समेटेर पर्यटनमैत्री तालिम दिई रोजगारीको अवसर उपलब्ध गराउनु आजको आवश्यकता हो ।” 

स्थनीयस्तरमा उत्पादन भएका जैविक र विषदीमुक्त खाद्यान्न एवम् तरकारी राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकमाझ व्यापक प्रचारप्रसार गरी अर्गानिक कृषि पर्यटनको प्रवद्र्धन गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको भनाइ छ । 

उहाँले ओखलढुङ्गा आउँदा ‘मेरो प्यारो ओखलढुङ्गा’ नामको कालजयी रचनाद्वारा ख्याति आर्जन गर्न सफल युगकवि सिद्धिचरण श्रेष्ठकको स्मरण समेत गर्नुभयो । 

राष्ट्रपति भण्डारीले सदियौँदेखि बसोवास गर्ने विभिन्न जातजातिले थोले देम्बालाई पवित्र र सम्मानित स्थान मानेर देशको उत्तरोत्तर प्रगति, भातृत्व र एकता तथा विश्व शान्तिको कामना गर्ने परम्परा रहेको बताउनुभयो । 

‘प्राकृतिक सुन्दरता, कला, सांस्कृतिक पर्यटन प्रवद्र्धन हाम्रो अभियान: स्थानीय वेषभूषा र रहनसहन हाम्रो पहिचान’ भन्ने मूलनारामा सुरु गरिएको महोत्सवमा नेकपा(एमाले) का महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले विकासका लागि पर्यटन विकासमा ध्यान दिनुपर्ने बताउनभएको थियो । 

त्यसैगरी तीन दिनसम्म चल्ने यस महोत्सवमा सांसदहरु शकुन्तला राजभण्डारी, रामहरि खतिवडा, यज्ञराज सुुनुवारलगायत पर्यटन विकासमा आफूहरुले सक्ने सहयोग गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई