बैशाख १, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवासमा निर्मित ‘एकीकृत नमुना बस्ती’ आज मुसहर समुदायलाई हस्तान्तरण गरिएको छ । 

धुर्मुस (सीताराम कट्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवासमा निर्मित ‘एकीकृत नमुना बस्ती’ आज मुसहर समुदायलाई हस्तान्तरण गरिएको छ । 

धुर्मुस (सीताराम कट्ट"/>

२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुस-सुन्तलीद्वारा मुसहर समुदायलाई ‘एकीकृत नमुना बस्ती’ हस्तान्तरण

२०७४, १ बैशाख शुक्रबार १२:१५


बैशाख १, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवासमा निर्मित ‘एकीकृत नमुना बस्ती’ आज मुसहर समुदायलाई हस्तान्तरण गरिएको छ । 

धुर्मुस (सीताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे) फाउन्डेसनले यहाँका ५० घरधुरी मुसहर समुदायका लागि निर्माण गरेको उक्त एकीकृत बस्ती नेपाली हास्यकला क्षेत्रका प्रसिद्ध कलाकार महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य) ले आज संयुक्तरुपमा एकिकृत नमुना मुसहर बस्ती व्यवस्थापन समितिका अध्यक्ष बिल्टु सादा मुसहरलाई बस्तीको साँचो हस्तान्तरण गर्नुभएको हो । 

यसअघि एकीकृत बस्तीको मुख्यद्वार खोल्न महजोडीसँगै नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी सहभागी हुनुहुन्थ्यो । सोहि अवसरमा बस्तीभित्र निर्मित भ्यू–टावर मुख्यसचिव डा सोमलाल सुवेदी र मुसहरका कूलदेवता भूइँयाँमहाराज तथा दिनाभद्रीको मन्दिर एवम् बाल उद्यान धुर्मुस–सुन्तलीका मातापिता (बोगराज कट्टेल, कमला कट्टेल एवम् हरिप्रसाद घिमिरे, सीतादेवी घिमिरे) ले संयुक्तरुपमा मुसहर समुदायलाई हस्तान्तरण गर्नुभएको थियो । 

सो अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले राष्ट्र निर्माण अभियानमा हास्यकला क्षेत्रकै धुर्मुस–सुन्तलीले तीन वटा बस्ती बनाएर ‘आँटे सकिन्छ’ भन्ने उदाहरण दिएको बताउनुभयो । 

नेपाल सरकारका मुख्य सचिव डा सुवेदीले भर्खरै हस्तान्तरण भएको बस्तीका मुसहर समुदायको शिक्षा, स्वास्थ्य र अन्य अवसरका लागि फाउन्डेसनसँग समन्वय गरेरअघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । 

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति डा जीवराज पोखरेलले गरिबी र अशिक्षाले पछि परेका मुसहर समुदायको आर्थिक अवस्था उकास्न तत्काल आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । 

समारोहमा फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि देश–विदेशबाट रु ६ करोड ३६ लाख ३९ हजार सहयोग प्राप्त भएको र तीमध्ये रु पाँच करोड चारलाख खर्च भएको जानकारी दिनुभयो । 

बस्तीमा ५० घरधुरी मुसहरका लागि खानेपानी धारा, शौचालय र सडक सुविधासहितको दुईतले पाँचकोठा भएको पक्की घर, भ्यू–टावर, बाल उद्यान, मन्दिर, पक्की सडक, सार्वजनिक शौचालय, सामुदायिक भवन र बस्तीका चारैतिर पर्खाल निर्माण गरिएको छ । 

त्यसैगरी यसअघि मुसहर बस्तीभित्रै बसोवास गर्दै आएका तीन अन्य जाति समुदायका घरधुरीका लागि छुट्टै जग्गाको व्यवस्था गरेर घर बनाइएको न्यौपानेले जानकारी दिनुभयो । 

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हास्यकलाकार बसुन्धरा भुषाल, नायक शिव श्रेष्ठलगायतकाले बस्ती निर्माण गरेर मुसहर समुदायलाई हस्तान्तरण गरेकोमा धुर्मुस–सुन्तलीलाई धन्यवाद दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता