Skip to content
Friday, July 17, 2026 Nepali Online Media

जोखिम घरमै बस्न बाध्य छन् भूकम्पपीडित

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बैशाख २, चितवन । चितवनको विकट क्षेत्रमापर्ने साविक सिद्धी गाविसको सिन्थी गाउँका ७८ वर्षका भीमबहादुर मगरका परिवार भूकम्पले भत्काएको जोखिमघरमै बस्न बाध्य छन् । भूकम्पले घरको भित्ता लडाएको छ र चोटाको एकापट्टिको पाखासमेत छैन ।

‘ढुङ्गाको गाह्रो लगाएर बनाएको घर कुनबेला ढल्ने हो पत्तो छैन’ । त्यही घरमा मर्मतसमेत नगरी उनका परिवार बसिरहेका छन् । ‘अहिलेसम्म कतैबाट राहत नपाएको गुनासो मगरको छ । अहिलेसम्म कसैले हेरेन, दुईटा कागज दियो अरु दिएको छैन, भीमबहादुरले प्रश्न गर्दै भने भन्नुभयो, हामीलाई राहतदिन्छ अब सर?’

तत्कालीन जिल्लादैवी प्रकोप उद्धार समितिले उनको घरलाई आंशिक क्षति भएको भनेर प्रमाणित गरेको छ । सामान्य क्षति भएकाको समेत पूर्ण क्षतिमा परेको कुरा बाहिर आइरहेका बेला यि वृद्धको घर आंशिक क्षतिमा परेको छ । ‘कहिल्यैं आइज पनि भन्दैन, आउदा नी आउँदैन,’ वृद्ध मगरले भन्नुभयो ।

गाउँमा टोलीगएका बेला सुनिलकुमार ठाकुरले २०७२ सालको जेठ अन्तिममा आंशिक क्षति प्रमाणित गरेका छन् ।

हालसालै भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत सङ्कलन टोली उनको घरमा पुगेर गएको माघ २० गते विवरण सङ्कलन गरेर फर्किएको छ । त्यही विवरणलाई आधार मानेर उहाँले राहत पाउने आशा गर्नुभएको छ । अब भने पक्कै राहत पाइन्छ भन्ने आशा बोकेर घरमा बसेको छ, त्यो परिवार ।

भीमबहादुरका चारवटी श्रीमती, एकजना बितेकी भए पनि अरु तीनजना छन् । सातजना छोरा छन् । चार छोरी छन् । केही आफ्नो गरेर खान थालेका छन् । तर उनीहरुले पुरानो जोखिम घर छाड्न सकेका छैनन् । रासस