2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जङ्गली जनावर ओतको उद्धार

वैशाख ३,पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१७ स्थित हिमाली टोलमा आज बिहान देखिएको नौलो जङ्गली जनावर ओत (भ्याल्से)लाई जिल्ला वन कार्यालयको प्राविधिक टोलीले उद्धार गरेको छ । 

झिसमिसेमै यसअघि नदेखिएको ओत टेलिफोनको खम्बामा देखिएपछि त्रसित टोलवासीले जिल्ला वन कार्यालयमा सूचना गरेसँगै आएको प्राविधिक टोलीले सो जनवारलाई उद्धार गरी सराङकोटस्थित ठोट्रनेखोला सामुदायिक वनमा छाडिएको जिल्ला वन अधिकृत केदार बरालले जानकारी दिनुभयो । 

बरालका अनुसार ग्रामीण क्षेत्रमा जङ्गली क्षेत्रको वृद्धिसँगै जङ्गली जनावरको सङ्ख्यामा वृद्धि भएपछि खानेकुराको अभावमा जनावर सहरमा पस्ने क्रम बढेको छ । एक महिनाअघि पोखराको रानीपौवा र सशस्त्र प्रहरी बल कालिका गण परिसरलगायत विभिन्न स्थानबाट पनि ओतको उद्धार गरी रानीवनमा छाडिएको पुम्दीभुम्दी इलाका वन कार्यालयका वनरक्षक सूर्य कोइरालाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो