वैशाख ७, कपिलवस्तु | भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ ।  नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ७, कपिलवस्तु | भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ ।  नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर"/>
२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले मिचेको ५० हेक्टर बढी भूभाग नेपाललाई फिर्ता

२०७४, ७ बैशाख बिहीबार ०४:३५

वैशाख ७, कपिलवस्तु | भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ ।  नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर्ररा नदीपारिको भूभाग नेपालको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो ।  

नेपाल–भारतको सिमाना नापजाँच संयुक्त टोलीले उक्त क्षेत्रमा गरेको नापी तथा सर्वेमा नेपाली भूभाग भारतद्वारा मिचिएको प्रमाणित भएको थियो ।  अर्ररा नदीपारिको वन क्षेत्र, नदी तथा खेतसमेत नेपालको भूमिमा परेको छ ।  विजयनगर गाउँपालिका–१ जबाबैराठ छोएर बग्ने अर्ररा नदी पारिसमेत नेपाली भूमि बढेपछि संयुक्त सर्वे टोलीले स्तम्भ निर्माण गरी सिमाना छुट्याएको छ ।

नेपाल पक्षका टोली प्रमुख तथा नापी विभागका प्रमुख अधिकृत निर्मल आचार्यले करिब ५० हेक्टर जमिन नेपालमा गाभिएको बताउनुभयो ।  सिमानासँग जोडिएको कपिलवस्तुको गौतम बुद्ध साझेदारी वनको १३ हेक्टर वन क्षेत्र भारतमा परेको थियो । 

विगतमा भारतले चर्चिंदै आएमध्येको २० हेक्टर क्षेत्रफलमा भारतीय पक्षले संरक्षण गर्दै आएको वन क्षेत्रसमेत रहेको छ ।  भारतको बलरामपुर जिल्लास्थित शुहेलवा आरक्षण वन क्षेत्र नेपालमा परेको कार्यालयले जनाएको छ ।

हालसम्म अर्ररा नदीले नेपालतर्फ कटान गरी नेपाली क्षेत्र साँघुरिँदै जाँदा भारतीय पक्षले अर्ररा नदीलाई सीमा मान्दै नेपाली भूमिको उपभोग गर्दै आएको थियो ।  इलाका प्रशासन कार्यालय चन्द्रौटाका उपसचिव मेघनाथ पाध्याले दुवैको सहमतिमा भारतीय पक्षले उपभोग गर्दै आएको अधिकांश जग्गामा पिलर निर्माण गरिसकिएको जानकारी दिए।

सीमा क्षेत्र जबाबैराठका नेपालीहरू भूमि बढेकोमा निकै खुशी देखिएका छन् ।  ‘अब हामीले हाम्रो जमिन उपभोग गर्न पाउने भयौँ,’ जबाबैराठका स्थानीय मङ्गल थारूले भने। – गोरखापत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त