२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ठूला पार्टीमा आकाङ्क्षी बढी

२०७४, ७ बैशाख बिहीबार ०५:३२

बैशाख ७ बैतडी  | यही वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि बैतडीमा नेकपा (एमाले) र नेपाली काँग्रेसबाट आकाङ्क्षी धेरै भएकाले उम्मेदवार छनोट गर्न सकस भएको छ । एकै नगरपालिका र गाउँपालिकाबाट धेरै जना आकाङ्क्षी भएकाले अहिलेसम्म उम्मेदवार छनोट गर्न नसकेको नेताहरुले बताएका छन् । 

नेपाली काँग्रेस बैतडीबाट पाटन नगरपालिकामा गौरी रावल, सिद्धराज भट्ट, केशव चन्द, रमेश कोली, दशरथचन्द नगरपालिकाबाट नरेन्द्र थापा, पिएन लेखक, भीमदत्त पाण्डे, लालबहादुर चन्दको नाम चर्चामा रहेको छ । यस्तै, मेलौली नगरपालिकामा प्रेम चन्द, कृष्ण नायक, र पुर्चौडी नगरपालिकाबाट दीपक बम, अमर विष्ट, दलबहादुर विष्टको नाम चर्चामा रहेको काँग्रेस बैतडीले जनाएको छ । 

यस्तै, नेकपा (एमाले) बाट पाटन नगरपालिकामा लोकेन्द्र विष्ट, नरेस विक, चमन भण्डारी, दशरथचन्द नगरपालिकाबाट महादेव भट्ट, देवदत्त भट्ट, पूर्णदेव भट्ट र पार्वती भट्टको नाम चर्चामा रहेको छ । 

पुर्चौडी नगरपालिकाबाट कर्णबहादुर कुँवर, हर्कबहादुर धानुक र मेलौली नगरपालिकाबाट शेरबहादुर चन्द, कालु चन्द, लक्ष्मण भट्ट, वीरसिंह विष्ट, बलदेव पोख्रेल, गौरी भट्ट र जगदीश नायकको नाम चर्चामा रहेको एमाले प्रचारप्रसार विभाग उपप्रमुख शेरबहादुर चन्दले जानकारी दिनुभयो । 

साथै, नेपाली काँग्रेसको सुर्नया गाउँपालिकामा वीरबहादुर विष्ट, विष्णुदत्त अवस्थी, सिगास गाउँपालिकामा हरिसिंह धामी, खकेन्द्र धामी, पञ्चेश्वर गाउँपालिकामा दिनेश चन्द, रमेश भण्डारी, शिवनाथ गाउँपालिकामा कर्ण साउद, तेजबहादुर चन्द, दोगडाकेदारबाट घनश्याम भट्ट, तीर्थबहादुर विष्ट, गोपाल कार्कीको नाम चर्चामा रहेको जनाइएको छ । 

यस्तै, एमालेले जिल्लाका प्रत्येक वडामा उम्मेदवार छनोट गरिरहेको र त्यसपछि मात्र नगरपालिका र गाउँपालिकामा उम्मेदवार छनोट गर्ने जनाएको छ । काँग्रेस र एमाले उम्मेदवार छनोटमा व्यस्त भएको बेला नेकपा (माओवादी केन्द्र) बैतडीले भने चार नगरपालिका र चार गाउँपालिकामा उम्मेदवार छनोट गरिसकेको जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार