४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ठूला पार्टीमा आकाङ्क्षी बढी

७ बैशाख २०७४, बिहीबार ०५:३२

बैशाख ७ बैतडी  | यही वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि बैतडीमा नेकपा (एमाले) र नेपाली काँग्रेसबाट आकाङ्क्षी धेरै भएकाले उम्मेदवार छनोट गर्न सकस भएको छ । एकै नगरपालिका र गाउँपालिकाबाट धेरै जना आकाङ्क्षी भएकाले अहिलेसम्म उम्मेदवार छनोट गर्न नसकेको नेताहरुले बताएका छन् । 

नेपाली काँग्रेस बैतडीबाट पाटन नगरपालिकामा गौरी रावल, सिद्धराज भट्ट, केशव चन्द, रमेश कोली, दशरथचन्द नगरपालिकाबाट नरेन्द्र थापा, पिएन लेखक, भीमदत्त पाण्डे, लालबहादुर चन्दको नाम चर्चामा रहेको छ । यस्तै, मेलौली नगरपालिकामा प्रेम चन्द, कृष्ण नायक, र पुर्चौडी नगरपालिकाबाट दीपक बम, अमर विष्ट, दलबहादुर विष्टको नाम चर्चामा रहेको काँग्रेस बैतडीले जनाएको छ । 

यस्तै, नेकपा (एमाले) बाट पाटन नगरपालिकामा लोकेन्द्र विष्ट, नरेस विक, चमन भण्डारी, दशरथचन्द नगरपालिकाबाट महादेव भट्ट, देवदत्त भट्ट, पूर्णदेव भट्ट र पार्वती भट्टको नाम चर्चामा रहेको छ । 

पुर्चौडी नगरपालिकाबाट कर्णबहादुर कुँवर, हर्कबहादुर धानुक र मेलौली नगरपालिकाबाट शेरबहादुर चन्द, कालु चन्द, लक्ष्मण भट्ट, वीरसिंह विष्ट, बलदेव पोख्रेल, गौरी भट्ट र जगदीश नायकको नाम चर्चामा रहेको एमाले प्रचारप्रसार विभाग उपप्रमुख शेरबहादुर चन्दले जानकारी दिनुभयो । 

साथै, नेपाली काँग्रेसको सुर्नया गाउँपालिकामा वीरबहादुर विष्ट, विष्णुदत्त अवस्थी, सिगास गाउँपालिकामा हरिसिंह धामी, खकेन्द्र धामी, पञ्चेश्वर गाउँपालिकामा दिनेश चन्द, रमेश भण्डारी, शिवनाथ गाउँपालिकामा कर्ण साउद, तेजबहादुर चन्द, दोगडाकेदारबाट घनश्याम भट्ट, तीर्थबहादुर विष्ट, गोपाल कार्कीको नाम चर्चामा रहेको जनाइएको छ । 

यस्तै, एमालेले जिल्लाका प्रत्येक वडामा उम्मेदवार छनोट गरिरहेको र त्यसपछि मात्र नगरपालिका र गाउँपालिकामा उम्मेदवार छनोट गर्ने जनाएको छ । काँग्रेस र एमाले उम्मेदवार छनोटमा व्यस्त भएको बेला नेकपा (माओवादी केन्द्र) बैतडीले भने चार नगरपालिका र चार गाउँपालिकामा उम्मेदवार छनोट गरिसकेको जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’