२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाब लड्न ८ शिक्षकद्वारा शिक्षण पेसाबाट राजीनामा

७ बैशाख २०७४, बिहीबार ०८:५३

बैशाख ७, धुलिखेल । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न यहाँका केही शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएका छन् । 

जिल्ला शिक्षा कार्यालयका विद्यालय व्यवस्थापन शाखाका प्राविधिक सहायक देवीप्रसाद दाहालका अनुसार बुधबारसम्ममा आठ जना शिक्षकले राजीनामा दिएका छन् । उनीहरुले घरायसी कारण देखाएर राजीनामा दिएका छन् । 

राजीनामा दिने शिक्षकहरुमा हिमालय मावि बनेपाका निर्मला श्रेष्ठ, बज्रयोगीनी प्रावि महादेवस्थानका रामहरी नेपाल, सञ्जीवनी मावि धुलिखेलका रामकुमार तखाछे, बागदेवी मावि सल्लेभुम्लुका रमेशराज खरेल, गणेश निमावि चलाल गणेशस्थानका प्रेमकुमार तामाङ, भैरव मावि च्याम्राङबेँसीका बालकृष्ण फुयाँल, स्वेतगणेश प्रावि पनौतीका तीर्थमाया प्रधान र कुशादेवी माविका रमेश पौडेल रहेका छन् । 

निर्मलाले बनेपा नगरपालिकाको उपप्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट उममेदवार बन्न राजीनामा दिएको बताउनुभयो । “म उम्मेदवारको आकांक्षी हुँ, पार्टीले दिने नदिने टुङ्गो लागेको छैन,” उहाँले भन्नुभयो । 

कुशादेवी माविका प्रधानाध्यापक पौडेल पनौती नगरपालिकाको नगरप्रमुखका लागि नेकपा (एमाले)बाट दावेदार हुनुहुन्छ । “नगरप्रमुखमा दाबी गरेको छु,” पौडेलले भन्नुभयो, “पार्टीले कतिको योग्य देख्छ थाहा छैन” उहाँले भन्नुभयो । आकांक्षी धेरै जना भएकाले निर्णय हुन नसकेको उहाँले बताउनुभयो ।

यस्तै स्वेतगणेश प्रावि पनौतीका प्रधानले पनौती नगरपालिकाको उपप्रमुखका लागि नेकपा (एमाले)बाट उम्मेदवार बन्ने सोच बनाउनुभएको छ । “उपप्रमुखमा उम्मेदवारी दिन शिक्षण पेसाबाट राजीनामा दिएकी हुँ,” प्रधानले भन्नुभयो । 

त्यस्तै बेथानचोक गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिन गणेश निमावि चलाल गणेशस्थानका शिक्षक तामाङले शिक्षण पेसाबाट राजीनामा दिएको बताउनुभयो । उहाँ नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बन्न लाग्नुभएको हो । 

राजीनामा दिएका अन्य शिक्षकले पनि नगरपालिका र गाउँपालिकामा उम्मेदवार बन्न शिक्षण पेसाबाट राजीनामा दिएका बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य