2026-09-18 09:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाब लड्न ८ शिक्षकद्वारा शिक्षण पेसाबाट राजीनामा

बैशाख ७, धुलिखेल । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न यहाँका केही शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएका छन् । 

जिल्ला शिक्षा कार्यालयका विद्यालय व्यवस्थापन शाखाका प्राविधिक सहायक देवीप्रसाद दाहालका अनुसार बुधबारसम्ममा आठ जना शिक्षकले राजीनामा दिएका छन् । उनीहरुले घरायसी कारण देखाएर राजीनामा दिएका छन् । 

राजीनामा दिने शिक्षकहरुमा हिमालय मावि बनेपाका निर्मला श्रेष्ठ, बज्रयोगीनी प्रावि महादेवस्थानका रामहरी नेपाल, सञ्जीवनी मावि धुलिखेलका रामकुमार तखाछे, बागदेवी मावि सल्लेभुम्लुका रमेशराज खरेल, गणेश निमावि चलाल गणेशस्थानका प्रेमकुमार तामाङ, भैरव मावि च्याम्राङबेँसीका बालकृष्ण फुयाँल, स्वेतगणेश प्रावि पनौतीका तीर्थमाया प्रधान र कुशादेवी माविका रमेश पौडेल रहेका छन् । 

निर्मलाले बनेपा नगरपालिकाको उपप्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट उममेदवार बन्न राजीनामा दिएको बताउनुभयो । “म उम्मेदवारको आकांक्षी हुँ, पार्टीले दिने नदिने टुङ्गो लागेको छैन,” उहाँले भन्नुभयो । 

कुशादेवी माविका प्रधानाध्यापक पौडेल पनौती नगरपालिकाको नगरप्रमुखका लागि नेकपा (एमाले)बाट दावेदार हुनुहुन्छ । “नगरप्रमुखमा दाबी गरेको छु,” पौडेलले भन्नुभयो, “पार्टीले कतिको योग्य देख्छ थाहा छैन” उहाँले भन्नुभयो । आकांक्षी धेरै जना भएकाले निर्णय हुन नसकेको उहाँले बताउनुभयो ।

यस्तै स्वेतगणेश प्रावि पनौतीका प्रधानले पनौती नगरपालिकाको उपप्रमुखका लागि नेकपा (एमाले)बाट उम्मेदवार बन्ने सोच बनाउनुभएको छ । “उपप्रमुखमा उम्मेदवारी दिन शिक्षण पेसाबाट राजीनामा दिएकी हुँ,” प्रधानले भन्नुभयो । 

त्यस्तै बेथानचोक गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिन गणेश निमावि चलाल गणेशस्थानका शिक्षक तामाङले शिक्षण पेसाबाट राजीनामा दिएको बताउनुभयो । उहाँ नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बन्न लाग्नुभएको हो । 

राजीनामा दिएका अन्य शिक्षकले पनि नगरपालिका र गाउँपालिकामा उम्मेदवार बन्न शिक्षण पेसाबाट राजीनामा दिएका बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई