पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>बैशाख ७, तेह्रथुम । </b>गएराति वर्षासँगै परेको चट्याङले तेह्रथुममा एक महिलाको ज्यान गएको छ भने अन्य दुईजना घाइते भएका छन् । <br></p><p>चट्याङले फेदाप गाउँपालिका–५, सम्दुकी ५३ वर्षीया फितरानी राईकोे घटनास्थलमै ज्यान गएको सक्रान्तिबजार इलाका प्रहरी कार्यालयले जनाएको छ । </p><p>बुधबार बेलुका भान्सा कोठामा खाना पकाउने क्रममा अचानक चट्याङ परेको थियो । चट्याङ लागेर गीता राई र टेकबहादुर राई घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । रासस </p>

