बैशाख ७, झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ७, झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभएको छ । 

"/>

2026-07-26 01:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न सक्दैन: प्रधानमन्त्री

बैशाख ७, झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभएको छ । 

स्थानीय बिर्तामोडमा योङ कम्युनिस्ट लिग (वाइसिएल नेपाल)र अनेरास्ववियु (क्रान्तिकारी) झापाको जिल्ला अधिवेशन तथा जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनताले लामो सङ्घर्षपछि प्राप्त गरेको अधिकारलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य रहेको स्पष्ट गर्नुभयो । 

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहालले भन्नुभयो, “चुनावी परिणाम आफ्नो या अर्काको पक्षमा पर्छ भन्ने डरले पनि केही साथीहरूले निर्वाचन चाहेका छैनन् । चुनावी परिणामका कारण निर्वाचनबाट पछि नहट्नु हुँदैन ।” निर्वाचन हुन नदिन यो या त्यो बहानामा कोही विरोधमा उत्रिए त्यसको जवाफ जनता स्वयंले दिने प्रधानमन्त्री दाहालको भनाइ थियो । 

बीस वर्षपछि इतिहासमा नै पहिलो पटक जनतालाई अधिकारसम्पन्न बनाउने र गाउँ गाउँमा सिहंदरबार पु¥याउन अधिकारसहितको स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचनमा सहभागी हुन उहाँले सबैलाई आग्रह गर्नुभयो । 

प्रधानमन्त्री दाहालले भन्नुभयो–“मधेसी मोर्चासहितको समझदारीमा दोस्रो संविधान संशोधन विधेयक दर्ता भएको हो, अहिले मधेसवादी दलले निर्वाचन अस्विकार गर्नुले म आफँैं चकित भएको छु ।” मधेसी मोर्चासँग सहमतिका लागि शुक्रबार बिहान आफूले पुनः वार्ताका लागि बोलाएको बताउँदै उहाँले वार्तामा आएर सहमतिमा आउनसमेत मधेस केन्द्रित दललाई आग्रह गर्नुभएको छ । 

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले स्थानीय सरकार बन्न नदिने खेलमा केही तत्व लागिपरे पनि वैशाख ३१ मा नै स्थानीय तहको निर्वाचन हुन्छ भन्नुभयो । “लामो समयको सङ्घर्षपछि उत्पीडनमा परेका वर्गले अधिकार पाउन लागेका बेला केही साथीहरू निर्वाचन हुन नदिन लागेका छन्, कुनै पनि हालतमा अब निर्वाचन हुन्छ, तपाईँहरू ढुक्क हुनुहोस्”, उहाँले भन्नुभयो । 

माओवादी केन्द्रका नेता वर्षमान पुनले मधेस केन्द्रित दलसँग जति सहकार्य गर्दा पनि उनीहरू निर्वाचनबाट भाग्न खोजेको आरोप लगाउनुभयो । माओवादी केन्द्र १ नं प्रदेश इन्चार्ज गोपाल किरातीले मधेसी मोर्चा, नेकपा र नयाँ शक्तिले निर्वाचन नचाहनु सामान्य भए पनि एमालेले पनि निर्वाचन सार्न दबाब दिइरहेको आरोप लगाउनुभयो । 

वाइसिएल झापाका जिल्ला संयोजक डम्मर पुलामी कर्माको सभापतित्वमा भएको कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रीय प्रवक्ता सुरेन्द्र बस्नेत, माओवादी केन्द्रकी नेत्री धर्मशिला चापागार्इँ, सांसद जेबी टुहुरे, वाइसिएल महासचिव दीपशीखा अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रञ्जित तामाङले पनि बोल्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ