२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

माओवादी केन्द्रले उठायो सिद्धिचरणको मेयरमा रुपेश !

२०७४, ७ बैशाख बिहीबार १४:४८

 ओखलढुंगा,बैशाख ७। नेकपा माओवादी केन्द्रले ओखलढुंगाको एकमात्र नगरपालिका सिद्धिचरणमा उम्मेदवार घोषणा गरेको छ । नगरपालिकाका मेयर र उपमेयरसहित १० वडामा उम्मेदवार घोषणा गरेको हो । दुई वडामा भने सहमति हुन बाँकी रहेको माओवादी केन्द्रका नेता विनोद सुनुवारले बताउनुभयो ।
मेयरमा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सदस्य रुपेश शाक्य र उपमेयरमा चन्द्राकुमारी फुयलको उम्मेदवारी घोषणा गरिएको हो । त्यस्तै वडा नं. २ मा बशन्त कट्वाल, ४ मा कान्छाराम पोखरेल वडा नं. ५ मा नगर ईञ्र्चाज गुणकुमार राई वडा नं. ६ मा मदन मगर, वडा नं. ७ मा आङतेञ्जी शेर्पा वडा नं. ८ मा पृथ्वी वहादुर तामाङ वडा नं. ९ टोकल श्रेष्ठ, वडा नं. १० मा सन्तोष मगर र वडा नं. १२ मा कुलबहादुर नेपालीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । नेपाली काँग्रेस र नेकपा एमालेले भने उम्मेदवार घोषणा गरेका छैनन् ।
बैशाख १० गते उम्मेदवार टुंगो लाग्ने नेकपा एमालेले जनाएको छ । भने नेपाली काँंग्रेसको बैठक चलिरहेको छ । घोषणा नभए पनि एमालेबाट जिल्ला अध्यक्ष मोहन श्रेष्ठ र काँग्रेसको डिल्ली खनालको चर्चा बढी छ । एमालेमा सिताराम गुरुङ र शंकर कट्वालले पनि दावी गर्दै आएका छन् ।
त्यस्तै माओवादी केन्द्रले चिसंखुगढी गाउँ पालिकामा निशान्त सर्मा, लिखु गाउँ पालिकामा खडग योगी र चम्पादेवी गाउँपालिकामा खड्गबहादुर कार्कीलाई प्रमुखमा उम्मेदवार बनाएको छ । बैशाख ७ गते सबै उम्मेदवार चयन भइसक्ने माओवादी केन्द्रबाट सिद्धिचरण नगरपालिकामा मेयरका प्रत्यासी रुपेश शाक्यले बताउनुभयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ