2026-10-15 12:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लामा नगरपालिकाको मेयर, उपमेयर छनौटमा सकस, को को छन् आकांक्षी

नन्दराम जैशी | बैशाख ८, जुम्ला | स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा जुम्लामा राजनीतिक दलहरु उम्मेदवार छनौटका लागि बाक्लो छलफलमा जुटि रहेका छन् । जुम्लाका सबै राजनीतिक दलका नेता, कार्यकर्ता गाउँ र नगरपालिका केन्द्रित भएका छन् । तर दलहरुले अहिलेसम्म कुनै पनि प्रमुख, उपप्रमुख र मेयर, उपमेयरको टुंगो भने लगाउन सकिरहेका छैनन् । तर, जुम्ला सदरमुकाममा रहेको चन्दननाथ नगरपालिकाको मेयरका लागि धेरैले आकांक्षा देखएका छन् ।

मुख्य ठुला तिन दलबाट मेयरका आकांक्षाहरु बढी देखिएका छन् । एकैपार्टीबाट करिब ५ जना जतिले मेयरको लागि आकांक्षा देखाएका छन् । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि कान्तिका सेजुवाल चन्दननाथ नगरपालिकाको मेयरका लागि आफ्नो दाबी रहेको बताउदै आउनु भएको छ । शिक्षक पेशा छोडेर दुई वर्षदेखि राजनीतिमा क्रियाशिलमा रहनु भएको छ ।

पार्टी सचिव कार्मा बुढाले पार्टीमा विभिन्न पदका लागि विभिन्न व्यक्तिहरुले आकांक्षा देखाए पनि पार्टीको आधिकारीक धाराणा भने बनी नसेकेको बताउनुभयो । उम्मेदवारीका लागि पार्टीका आधिकारिक आधारणा बन्न अझै समय लाग्ने उहाँले बताउनुभयो । १० वटा वडा रहेको चन्दननाथ नगरपालिकामा काँग्रेसबाट मेयरका लागि नेतृ सेजुवालसँगै नेता दीपक शाही, देवेन्द्र बहादुर शाही, गौरीनन्द आचार्य, पदमबहादुर शाही, राजुसिंह कठायत आकांक्षी छन् ।

नेकपा एमाले पार्टी सचिव आदिप्रसाद न्यौपानेले उम्मेदवारीका लागि पार्टीको आधिकारिक धाराणा बनि नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, मेयर उपमेयर र प्रमुख उपप्रमुखको उम्मेदवारीका लागि धेरै नेता तथा कार्यकर्ताहरुको आकांक्षा भए पनि पार्टीको आधिकारिक धाराणा बन्दैछ । एमालेबाट मेयरका लागि शान्तिलाल महत, कालिबहादुर रोकाया, धिरेन्द्र गिरी मेनका रेग्मी, देवि सेजुवाल लगायत आकांक्षी छन् । नेकपा माओवादी केन्द्रबाट मेयरका लागि ललिजंग महत, मनोज बुढाथोकि मगर, अशोक श्रेष्ठ र जीवन बुढ्थापा लगायतका नामहरु चर्चामा रहेका छन् ।

यसैगरि राष्ट्यि प्रजातन्त्र पार्टीका सचिव बेदबहादुर शाहीले उम्मेदवारीका लागि एक हप्ता भित्र पार्टीको आधिकारिक धारणा आउने बताउनुभयो । उहाँले भन्नुभयो अहिले हामी व्यक्ति भन्दा पनि पार्टीको चर्चामा छौँ । नेपाल मजदुर किसान पार्टी जुम्लाका अध्यक्ष शिवलाल डागीले प्रमुख पदका लागि इच्छा जाहेर गर्ने को हुदैनन् र अहिले पार्टीका आधिकारिक धाराणा बनिसकेको छैन । उहाँले भन्नुभयो २÷४ दिनमै हामी पार्टीको आधिकारिक धाराणा सर्वजनिक गर्दै छौँ । ९ हजार ७ सय ४२ जना मतदाता रहेको चन्दननाथ नगरपालिकामा प्रमुख राजनीतिक दलहरुको बढी प्रतिष्पर्धा हुने देखिन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित