2026-09-19 09:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा माओवादीले १० वटै स्थानीय तहमा उम्मेद्वारको टुङ्गो लगायो

बैशाख ११, बैतडी । नेकपा (माओवादी केन्द्र)ले जिल्लाको १० वटै स्थानीय तहमा आफ्ना उम्मेद्वारको टुङ्गो लगाएको छ । 

जिल्लाका चारवटा नगरपालिका र ६ वटा गाउँपालिकामा उम्मेदवारको टङ्गो लगाइएको सो दलका जिल्ला संयोजक प्रेमप्रकाश भट्टले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकाको प्रमुख पदका लागि खीमानन्द भट्ट, पाटन नगरपालिकामा प्रमुखमा शङ्कर भण्डारी र उपप्रमुखमा राधिका खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको उहाँले बताउनुभयो । 

यस्तै पुर्चाैडी नगरपालिकामा प्रमुखमा रणबहादुर कुँवर र उपप्रमुखमा जयन्ती बमलाई उम्मेदवार बनाइएको छ भने मेलौली नगरपालिकाको प्रमुखमा भीमबहादुर चन्द तोकिनुभएको छ भने उपप्रमुखको टङ्गो लाग्न बाँकी रहेको जनाइएको छ । 

यस्तै डिलाशैनी गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर राना र उपाध्यक्षमा सुशीला साउद, दोगडा केदार गाविसको अध्यक्षमा तारा कँुवर र उपाध्यक्षमा लक्ष्मी ओेड, सुर्नया गाउँपालिकाको अध्यक्षमा नरी भाट, सिगास गाउँपालिकाको अध्यक्षमा वीरसिंह ऐर, शिवनाथ गाउँपालिकाको अध्यक्षमा धनवीर धनाडी, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश चन्द र उपाध्यक्षमा मञ्जु चन्दलाई सिफारिस गरिएको छ भने सबै वडाका वडा अध्यक्ष र सदस्यका नाम समेत टुङ्गो लागिसकेको सो दलले जनाएको छ । 

नेपाली काँग्रेस र नेकपा एमाले अझै उम्मेदवार छनोट गर्न सकेका छैनन् । पार्टीमा पदका आकाङ्क्षी धेरै भएकाले उम्मेद्ववारको नामावली टुङ्ग्याउन नसकिएको नेपाली काँग्रेसका जिल्ला सचिव वीरबहादुर विष्टले जानकारी दिनुभयो । नेकपा एमालेले स्थानीय तहमा नेतृत्व गर्ने आकाङ्क्षीमध्ये नाम अनुमोदनका लागि प्रदेश कमिटीमा पठाएको एमालेका जिल्ला सचिव लीलाधर भट्टले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई