2026-06-28 05:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा एउटामात्रै अपाङ्गमैत्री मतदानस्थल

2017-04-24

बैशाख ११, बैतडी । बैतडीमा रहेका १२० मतदानस्थलमध्ये एउटामात्र अपाङ्गमैत्री मतदानस्थल रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलका अनुसार बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलामा रहेको शोभा माध्यमिक विद्यालयस्थित मतदान केन्द्र अपाङ्गमैत्री बनाइएको हो । 

अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न सहज बनाउने उद्देश्यले उक्त मतदानस्थललाई यसअघि भएको संविधानसभा निर्वाचनदेखि नै अपाङ्गमैत्री मतदान केन्द्र निर्धारण गरिदै आएको थियो । 

उक्त मतदानस्थलमा साविकको गुरुखोला गाविसका १, २ र ३ नं वडाका गरी ४५१ मतदाता छन् । तथ्याङ्कमा प्रष्ट नहुने भएकाले उक्त मतदान केन्द्रमा अपाङ्गता भएका व्यक्ति कति सहभागी हुने यकिन नभएको बताइएको छ । 

अपाङ्गमैत्री मतदानस्थलमा अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्ने स्थानसम्म नै ह्विलचियर लैजान सकिने, दृष्टिविहीन, शारीरिक अपाङ्गता, बौद्धिक अपाङ्गता, बहिरा, व्यक्तिलगायतलाई सहयोग पु¥याउन स्वयम्सेवक र सुरक्षाकर्मीको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ । 

अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न लाइन बस्नु नपर्ने व्यवस्थासहित उनीहरुका लागि छोटो समयमा स्वयम्सेवकको साथमा मत खसाल्ने व्यवस्थासमेत मिलाइएको कार्यालय प्रमुख, फुयाँलले जानकारी दिनुभयो । 

स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १२० मतदानस्थलमा १७४ मतदान केन्द्र तोकिएका छन् भने निर्वाचनमा भाग लिन १३ दल दर्ता भएका छन् । चार नगरपालिका र छ गाउँपालिका रहेका बैतडीमा एक लाख २४ हजार ८२४ जना मतदाता छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी