बैशाख ११,ओखलढुंगा । राष्ट्रिय प्रजातन्त्र पार्टी ओखलढुंगाको संयोजकमा नारायण बहादुर सुवेदी चयन हुनुभएको छ । आज बसेको राष्ट्रिय प्रजातन्त्र पार्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ११,ओखलढुंगा । राष्ट्रिय प्रजातन्त्र पार्टी ओखलढुंगाको संयोजकमा नारायण बहादुर सुवेदी चयन हुनुभएको छ । आज बसेको राष्ट्रिय प्रजातन्त्र पार्ट"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

राप्रपा ओखलढुंगाको संयोजकमा सुवेदी

११ बैशाख २०७४, सोमबार १३:०१

बैशाख ११,ओखलढुंगा । राष्ट्रिय प्रजातन्त्र पार्टी ओखलढुंगाको संयोजकमा नारायण बहादुर सुवेदी चयन हुनुभएको छ । आज बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमितिको बैठकले सुवेदीलाई पार्टी संयोजकमा निर्विरोध चयन गरेको हो । यस अघि पार्टी एकता पछिको जिल्ला अधिवेशनबाट सुवेदी क्षेत्रीय अध्यक्ष बन्नु भएको थियो । पार्टी अध्यक्ष राजेन्द्र गुरुङ केन्द्रिय कार्यसमितिमा गएसँगै सुुवेदीलाई ओखलढुंगा  जिल्ला संयोजक बनाईएको र निर्वाचन कमिटी संयोजकको जिम्मेवारी पनि सुवेदीलाई नै दिईएको राप्रपा ओखलढुंगाले जनाएको छ ।

स्थानीय निकाय निर्वाचन र पार्टीको आन्तरिक छलफलका लागि आयोजित अगुवा कार्यकर्ता भेला तथा जिल्ला कार्यसमितिको बैठकले आसन्न निर्वाचनमा राप्रपालाई जित दिलाउने गरि अभियानात्मक रुपमा लाग्ने निर्णय पनि गरेको राप्रपा नेता रेखनाथ न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालका लागि उमेद्वार घोषणा नगरिए पनि सबै गाउँ तथा नगरपालिकामा उमेद्वार उठाउने विषयमा आन्तरिक छलफल भएको छ ।

यसैबिच नेपाली कांग्रेसका प्रभावशालि नेता सहितका युवाहरु राप्रपामा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका तर्फबाट गाविस अध्यक्ष भएका मानेभञ्ज्याङ गाउपालिका स्थित केत्तुकेका नेता पर्वलाल तामाङ आज एक कार्यक्रमका बिच राप्रपामा प्रवेश गर्नुभएको हो । तामाङ सहित कांग्रेस र अरु पार्टीबाट आज ७० जना भन्दा बढि राप्रपामा प्रवेश गरेको जिल्ला संयोजक सुवेदीले जानकारी दिनुभयो । प्रवेश गरेका नेताहरुलाई उचित जिम्मेवारी दिईने उहाँको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य