२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टेलिकममा सामाजिक सञ्जाल बन्द !

१२ बैशाख २०७४, मंगलवार १२:०५

बैशाख  १२, काठमाडौं । नेपाल टेलिकमले यही वैशाख १ गतेदेखि नेपाल सरकारबाट सञ्चालित ‘.gov.np.’ उ डोमिनका झण्डै पाँच सय ५० वेबसाइट टेलिकमका जिएसएम मोबाइल सेवाबाट निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल सरकारका वेबसाइट जिएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्र रुपमा ब्राउज गर्न सकिने जानकारी दिनुभयो । कम्पनीले आफ्ना सेवालाई ग्राहकमैत्री र प्रविधिमैत्री बनाउँदै लगेको उल्लेख गर्दै प्रमुख पर्यटकीयस्थल मुगुको रारा ताल क्षेत्रमा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । 

त्यस क्षेत्रमा सेवा प्रदान गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई सूचना तथा सञ्चार क्षेत्रमा पहुँच बढ्ने र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ । 

कम्पनीले यही वैशाखदेखि आफ्नो कार्यालय समयमा ‘फेसबुक’ चलाउन नपाइने व्यवस्था गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । उहाँले आगामी आर्थिक वर्षमा चौथो पुस्ताको इन्टरनेट सेवालाई विस्तार गरिने, पुराना प्रणालीलाई नयाँमा स्थानान्तरण गरिनेजस्ता कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान