२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा चुनावका बेला बालबालिकाको प्रयोगलाई पूर्णरुपमा रोक

१४ बैशाख २०७४, बिहीबार १०:५९

बैशाख १४, भक्तपुर । आगामी ३१ गते हुने स्थानीय तहको चुनावसँग सम्बन्धित कुनै पनि गतिविधिमा बालबालिकाको प्रयोगलाई भक्तपुरमा पूर्णरुपमा रोक लगाइने भएको छ । 

जिल्ला बाल कल्याण समितिले आज यहाँ आयोजना गरेको निर्वाचन बालअधिकार अनुगमन तथा विद्यालय शान्ति क्षेत्र सम्बन्धमा राजनीतिक दल तथा अन्य सरोकारवालासँग भएको अन्तक्र्रियामा यस्तो निर्णय भएको हो । 

कार्यक्रममा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले निर्वाचन सुरु हुनु अघि र निर्वाचन सम्पन्न भएपछि समेत बालबालिकाको प्रयोग गर्न नपाइने गरी रोक लगाइने बताउनुभयो । 

निर्वाचन अघि, निर्वाचनका दिन र निर्वाचनपछि विजय ¥यालीमा समेत कुनै पनि दल वा उम्मेदवारले बालबालिकालाई चुनावको प्रचारप्रसार, ¥याली, पोस्टर टाँस्न, पर्चा बाँड्न वा निर्वाचनका दिन लाइनमा राख्नसमेत नपाइने गरी रोक लगाइने उहाँले जानकारी दिनुभयो । 

प्रजिअ अधिकारीले भन्नुभयो, “निर्वाचन अघि, निर्वाचनको दिन र निर्वाचन पछि चुनावका कुनै पनि गतिविधिमा बालबालिकाको प्रयोग भए नभएको अनुगमन टोलीले नियमित अनुगमन गर्नेछ ।” भक्तपुर जिल्लालाई निर्वाचनमा बालबालिका प्रयोगमुक्त जिल्ला बनाउन सबै राजनीतिक दललाई उहाँले आग्रहसमेत गर्नुभयो । 

कार्यक्रममा केन्द्रीय बाल कल्याण समितिका बालअधिकार श्रोतव्यक्ति रवि गौतम र जिल्ला बाल क्लब सञ्जालका श्रीकृष्ण थापाले बालबालिकाको गलत प्रयोगबारे कार्यपत्र प्रस्तुत गर्दै निर्वाचनमा हुने बालबालिकाको प्रयोगलाई पूर्णरुपमा रोक्नुपर्नेमा जोड दिनुभएको थियो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका सचिव (स्थानीय विकास अधिकारी) धु्रवप्रसाद कोइराला, जिल्ला बाल कल्याण समितिका सदस्य सचिव एवम् महिला तथा बालबालिका कार्यालयकी प्रमुख नीला घिमिरे, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखरेल, नागरिक समाजका अध्यक्ष उत्तमकृष्ण कर्माचार्य, सेभ द चिल्ड्रेन कि निलम धनुषेले पनि बालबालिकाको प्रयोग हरेक क्षेत्रबाट रोक्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा राजनीतिक दलका नेता, विभिन्न कार्यालयका प्रतिनिधि, नागरिक समाज एवम् सरोकारवाला निकायका प्रतिनिधिले आगामी चुनावमा भक्तपुरलाई बालबालिकाको प्रयोगमुक्त जिल्ला बनाउने प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर गर्नुभयो ।

नेपाली काँग्रेसका तर्फबाट सुशील बस्नेत, एमालेका तर्फबाट विष्णुप्रसाद सुवाल, जनमोर्चाका तर्फबाट शिवहरि खनाल, नेमकिपाका तर्फबाट रामेश्वर बोहरालगायतका नेताले बालबालिकाको प्रयोग हुन नदिने बताउनुभयो । 

कार्यक्रममा महिला विकास अधिकृत नीला घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समितिसमेत गठन भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता