२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यादी प्रहरीको म्याद थपिने, सेवा सुबिधा के हुन्छ ?

२०७४, १५ बैशाख शुक्रबार ०६:४३


बैशाख १५, काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने घोषणा गरेपछि म्यादी प्रहरीको अवधि थप हुने भएको छ । 

सरकारले दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा भर्ना भएर तालिम लिइसकेका म्यादी प्रहरीको अवधि थप्ने तयारी गरेको हो । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले दोस्रो चरणको निर्वाचन हुने जिल्लामा छनोट भएर तालिम लिएका म्यादी प्रहरीलाई पहिलो चरणको निर्वाचन हुने ठाउँमा पनि खटाइने बताए । 

उनले दुई चरणमा निर्वाचन हुने भएका कारण केही क्षेत्रका म्यादी प्रहरीको सेवा अवधि २० दिनसम्म थप हुन सक्ने बताए । अर्यालले भने, ‘मतदान, मतगणना र अन्तिम परिणाम घोषणा नभएसम्म म्यादी प्रहरी खटिनेछन् ।’

प्रहरी प्रधान कार्यालयले वैशाख पहिलो साता नै निर्वाचनका निम्ति आवश्यक खर्च सबै जिल्लामा पठाइसकेको छ । म्यादी प्रहरीका लागि आवश्यक तलबसमेत त्यसै अन्तर्गत पठाइसकिएको उनले बताए । 

प्रधान कार्यालयले म्यादी प्रहरीका निम्ति प्रहरीको जस्तै चुस्ता (ड्रेस) किन्न झन्डै ७ हजार रुपैयाँ दिने निर्णय गरिसकेको छ । कान्तिपुर दैनिकबाट 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा