बैशाख १५, चितवन । नेकपा (माओवादी केन्द्र) चितवनले जिल्लामा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको छ । 

सो पार्टीले आज य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १५, चितवन । नेकपा (माओवादी केन्द्र) चितवनले जिल्लामा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको छ । 

सो पार्टीले आज य"/>

2026-08-30 05:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् माओवादी केन्द्र चितवनका उम्मेदवार (सुचिसहित)


बैशाख १५, चितवन । नेकपा (माओवादी केन्द्र) चितवनले जिल्लामा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको छ । 

सो पार्टीले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय तहको निर्वाचनमा चितवनबाट हुने उम्मेदवारको नाम सार्वजनिक गरेको हो । भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा सुरेन्द्र गुरुङलाई पार्टीले उम्मेदवार बनाएको छ । 

दाहाल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एव्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरी हुनुहुन्छ । यसैगरी रत्ननगर नगरपालिकाको प्रमुखमा पूर्णबहादुर अम्गाइ र उपप्रमुखमा सङ्गीता भट्टराई, खैरहनी नगरपालिकाको प्रमुखमा एकराज डल्लाकोटी र उपप्रमुखमा रेवती उप्रेती, राप्ती नगरपालिकाको प्रमुखमा रामचन्द्र पाठक र उपप्रमुखमा कल्पना लामा, माडी नगरपालिकाको प्रमुखमा ठाकुरप्रसाद ढकाल र उपप्रमुखमा सरिता महतो, कालिका नगरपालिकाको प्रमुखमा रामध्वज डल्लाकोटी र उपप्रमुखमा सविता लामालाई उम्मेदवार बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

त्यसैगरी जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको अध्यक्षमा प्रताप गुरुङ र उपाध्यक्षमासावित्री सिलवाललाई उम्मेदवार बनाएको छ । सो अवसरमा भरतपुर महानगरपालिकाकी प्रमुख पदकी उम्मेदवार दाहालले २० वर्षपछि आफ्नो गृहजिल्ला चितवन फर्किएको बताउनुभयो । 

आफूलाई प्रचण्डपुत्रीका रुपमा मात्रै नहेरेर रेणु दाहालका रुपमा हेर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो “रेणु दाहाल प्रचण्डपुत्री मात्रै होइन, आफँैमा रेणु दाहाल हो ।” प्रवेशिका परीक्षा दिँदा दिँदै जनयुद्धमा होमिएको भन्दै उहाँले १० वर्ष जनयुद्धमा होमिएको, पार्टीबाट काठमाडौँ जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गरेको, अनेमसङ्घ क्रान्तिकारीको महासचिवको रुपमा रहेर नेतृत्व गरिरहेको, पोलिटब्यूरो सदस्यको रुपमा काम गरिरहेको, संविधानसभामा समानुपातिक सांसद भएर भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो । 

चुनावको लागि मात्रै आफू चितवन नआएर अबको आफ्नो राजनीति चितवनबाटै गर्ने पनि उहाँले बताउनुभयो । 

कार्यक्रममा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् चितवन जिल्ला निर्वाचन परिचालन समितिका संयोजक नारायण दाहालले उम्मेदवारको टुङ्गो लगाएसँगै आजबाट अन्य दलहरुसँग तालमेलका विषयमा छलफल अगाडि बढाउने बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र)ले यसअघि नै जिल्लाका सबै वडा अध्यक्ष र सदस्यको टङ्गो लगाएर सार्वजनिक गरिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने