पूर्णप्रसाद न्यौपाने | बैशाख १७, ओखलढुंगा | भूकम्प गएको २ वर्ष बित्दा समेत ओखलढुंगामा भूकम्पले भत्किएका संरचनाको पुनर्निर्माणले अझै गति लिन सकेको छैन । सरकारी ढिलासुस्ती "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने | बैशाख १७, ओखलढुंगा | भूकम्प गएको २ वर्ष बित्दा समेत ओखलढुंगामा भूकम्पले भत्किएका संरचनाको पुनर्निर्माणले अझै गति लिन सकेको छैन । सरकारी ढिलासुस्ती "/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ओखलढुंगामा पुनर्निर्माण सुस्त

२०७४, १७ बैशाख आईतवार १५:०५


पूर्णप्रसाद न्यौपाने | बैशाख १७, ओखलढुंगा | भूकम्प गएको २ वर्ष बित्दा समेत ओखलढुंगामा भूकम्पले भत्किएका संरचनाको पुनर्निर्माणले अझै गति लिन सकेको छैन । सरकारी ढिलासुस्ती र झन्झटिलो सरकारी नीतिकै कारण पुनर्निर्माणले गति लिन नसकेको हो ।

भूकम्प गएको २ वर्षभित्र पुनर्निर्माण सक्ने सरकारले उद्घोष गरेको थियो । तर ओखलढुंगामा सरकारी उद्घोष कागजमा मात्र सीमित देखिएको छ ।

करिब २० हजार भूकम्पपीडितको सूची सार्वजनिक भएको ओखलढुंगामा भूकम्प गएको दुई वर्ष पुरा भईसक्दा पनि मुस्किलले चार हजार मात्र निजी आवास निर्माणको काम सुरु भएको छ । अहिले सम्म ३ हजार ५ सय ८५ घर पुर्ननिर्माण अन्तर्गत बनिरहेको स्रोतले जनाएको छ । 

पुर्ननिर्माणमा लाभग्राही भनिएका ४ सय ९० जनालाई दोश्रो किस्ताको लागि सिफारिश गरिएकोछ । दोश्रो किस्ता प्राप्तिका लागि ९ सय ले निवेदन दिएका छन् । न त सिफारिश गरिएकाले दोश्रो किस्ता पाएका छन् । न त निवेदन दिनेहरुको विषयमा छिटो छरितो अनुगमन र सिफारिश भएको छ ।

जिल्लाभित्र ३ हजार ५ सय ८५ घर पुर्ननिर्माण अन्तर्गत बनिरहेको भनिएको छ । तर ति कतिपय घर मापदण्ड अनुसार बनेका छन् भने कतिपय मापदण्ड विपरित ।

यी सबै विषयको अनुगमन गर्ने प्राविधिक कहिले गाउँमा छन्, कहिले आन्दोलनमा । भुकम्प गएको दुईवर्ष बित्दा समेत पुर्ननिर्माणले उत्साहजनक रुपमा गति लिन नसक्दा समस्या भएको छ । जुन लक्ष्यका साथ पुर्ननिर्माण प्राधिकरणले काम थालेको थियो ।

त्यस अनुसार काम हुन सकेको छैन । ‘वास्तवमै गति धिमा भएको छ । यसलाई सन्तोषजनक मान्न मिल्दैन ।’ पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमूख युवराज खरेलल भन्नुभयो, ‘यसो हुनुमा प्राविधिकको आन्दोलन, समयमा पैसा निकासा नहुनु, निर्माण सामाग्री सहजै उपलब्ध नहुनु जस्ता अनेकन समस्या जोडिएका छन् ।’

कति सम्म भने दोश्रो किस्ता माग गर्ने फाराम अभाव हुँदा समेत प्रक्रिया लम्बिएको खरेलले बताउनुभयो । हाल सम्म जिल्लाका ५७ जनाले मात्र दोश्रो किस्ता पाएका छन् । दोश्रो किस्ता पाउनका लागि सिफारिश गरिएको महिनौं बित्दा पनि अन्यले पाउन नसकेका हुन् । बाूकीलाई दोश्रो किस्ता दिनका लागि पहल भईरहेको र केही दिनभित्रै पाउने व्यवस्था मिलाउने प्रमूख खरेलको भनाई छ ।

 दक्ष कामदार अभाव मूख्य समस्या


पुर्ननिर्माणले गति लिन नसक्नुको मुख्य समस्या अहिले दक्ष कामदार अभाव देखिएको छ । प्राप्त तथ्यांक अनुसार जिल्लामा ७ सयको हाराहारीमा मात्र दक्ष कामदार रहेका छन् । जिल्लाभित्र पूर्ण क्षतिको रुपमा देखिई पहिलो किस्ता पाउन योग्य लाभग्राही २० हजार १ सय ६५ छन् । सो लाभग्राहीको संख्यालाई आधार मान्ने हो भने कम्तिमा ५ हजार दक्ष कामदार आवश्यक देखिने प्राधिकरणले जनाएको छ ।

हालै हेल्भेटास नामक गैरसरकारी संस्थाले थप ७ सय दक्ष कामदार उत्पादनका लागि तालिम दिईरहेको छ । तर वर्षा लागिसक्दा समेत घर बनाउने कामदार नपाउँदा गोठमै बस्नुपर्ने समस्या भएको खिजीदेम्बा गाउँपालिका ४ खिजीकातीका काँसीनाथ घिमिरेले बताउनुभयो । ‘एउटै कामदारको टोलीले समय मिलाएर गाउँभरिका घर बनाउनुपरेको छ ।’घिमिरेले भन्नुभयो, ‘आफ्नो पालो कुर्नेहरु धेरै छन् । त्यसमाथी पहिले दिनको ७ सयमा पाइन कामदारको पारिश्रमिक बढेर अहिले १ हजार ५ सय पुगेको छ ।’

कुल लाभग्राही मध्ये १८ हजार ६ सय १ सँग पुर्ननिर्माण सम्झौता भईसकेको छ । सम्झौता हुन बाँकी १ हजार ५ सय ६५ घरधुरी रहेका छन् । १८ हजार ४ सय ५३ जनाको नाममा पहिलो किस्ता ५० हजार अनुदान जम्मा भईसकेको छ । ७ हजार ८ सय १० वटा गुनासो प्राप्त भएकोमा ३ सय ४६ वटा गुनासोको सम्बोधन भईसकेको छ । अनुदान सम्झौता अगावै ७ सय ९९ घरधुरी निर्माण भईसकेको जनाईएको छ ।

निजी आवास मात्र होइन जिल्लामा भूकम्पले भत्काएका विद्यालय भवनको पुनर्निर्माणले पनि गति लिन सकेको छैन । भवनको निर्माण नहुँदा विद्यार्थी अझै अस्थायी टहरामा नै बसी पढ्न बाध्य भएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार भूकम्पले पूर्ण तथा आंशिकरुपमा क्षति भएकामा हजारौँ कक्षा अहिले पनि पुननिर्माण हुन सकेका छैनन् । केही संघ संस्थाले विद्यालय पुननिर्माणको काम गरिरहेका छन् ।

भूकम्पले क्षति भएका सरकारी कार्यालयको अवस्था पनि उस्तै छ । जिल्लामा भूकम्पबाट क्षति भएका दर्जनौ मध्य कुनै पनि कार्यालयको पुनर्निर्माण सुरु समेत भएको छैन । भूकम्प गएको २ वर्ष बितिसक्दासमेत पुनर्निर्माणमा सरकारी चासो र खबरदारी खासै देखिएको छैन ।

बैशाख १२ गते जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमका बिच भूकम्प पछिको पुननिर्माणको     अवस्थाबारे छलफल गरिएको छ । महाभूकम्प २०७२ बैशाख १२ को दोस्रो वार्षिक स्मृतिमा आयोजित जिल्ला स्तरीय समीक्षा कार्यक्रममा भूकम्प पछिको पुननिर्माणमा भएको प्रगति र अवको आवश्यकताका विषयमा छलफल भएको थियो । कार्यक्रमकै बिच भूकम्पपछि डाटा व्यवस्थापन लगाएतमा महात्वपूर्ण काम गरेका जिल्ला समन्वय समितिका कम्प्यूटर अपरेटर पदम परियारलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी