बैशाख १८, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मङ्गलबार हुने उम्मेदवारी मनोनयनसहितका सम्पूर्ण कार्यक्रम स्थानीय तहमा पुगिसकेको बताउनुभएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १८, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मङ्गलबार हुने उम्मेदवारी मनोनयनसहितका सम्पूर्ण कार्यक्रम स्थानीय तहमा पुगिसकेको बताउनुभएको छ । "/>
2026-07-26 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनका कार्यक्रम स्थानीय तहमा पुगिसक्यो: यादव

बैशाख १८, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मङ्गलबार हुने उम्मेदवारी मनोनयनसहितका सम्पूर्ण कार्यक्रम स्थानीय तहमा पुगिसकेको बताउनुभएको छ । 

स्थानीय तह निर्वाचनको सन्दर्भमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसँग आज आयोग परिसरमा भएको अन्तक्र्रियामा उहाँले भन्नुभयो – “ऐतिहासिक महत्व बोकेको स्थानीय तहको निर्वाचनका सम्पूर्ण कार्यक्रम लिएर आयोग नगरपालिका र गाउँपालिकामा पुगिसकेको छ ।” 

“स्थानीय सरकारको अवधारणामा हुन लागेको निर्वाचनले स्थानीय तहमै कानुन निर्माण गर्नेसम्मको अधिकार स्थापित गर्ने भएकाले स्थानीय तह निर्वाचन अत्यन्त महत्वपूर्ण र ऐतिहासिक रहनेछ” – प्रमुख निर्वाचन आयुक्त यादवले भन्नुभयो । 

निर्वाचन आयोगले विगत तीन वर्षदेखि लैङ्गिक र समावेशी नीतिका आधारमा निर्वाचन कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै उहाँले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने अल्पसङ्ख्यक, दलित र महिलाको मनोनयन दर्तामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । 

यौनिक तथा अल्पसङ्ख्यक समुदायको तर्फबाट सहभागी पिङ्की गुरुङले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा अग्रमोर्चामा रहेर निर्णायक भूमिका निर्वाह गरेको भए पनि आफूहरुले पु¥याएको योगदानलाई ओझेलमा पार्ने काम भएको टिप्पणी गर्नुभयो । 

स्थानीय तहको निर्वाचनमा मुलुकका ४० जिल्लाका १४३ जना तेस्रो लिङ्गीले मतदानको अधिकार प्राप्त गरेको आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ