२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

यी हुन् बैतडीमा चुनाव चिह्न प्राप्त गर्ने १० दल (सुचिसहित)

२०७४, १८ बैशाख सोमबार ०९:३१

बैशाख १८, बैतडी । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, बैतडीमा दर्ता भएका १३ दलमध्ये १० दलले मात्र चुनाव चिह्न पाएका छन् । 

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा पठाएको विवरणमा जिल्लामा दर्ता भएका १३ दलमध्ये १० दलले मात्रै चुनाव चिह्न पाएको उल्लेख छ । चुनाव चिह्न पाउने दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी रहेका छन् । 

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी माले, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), बहुजन शक्ति पार्टी नेपाल, जनजागरण पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी नेपाल (माले–जनसमाजवादी) पार्टीले चुनाव चिह्न पाएको जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिनुभयो । 

जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका दलमध्ये बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन नेपाल पार्टीले चुनाव चिह्न पाएका छैनन् । 

बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले उपेन्द्र यादव नेतृत्वको पार्टी सङ्घीय समाजवादी फोरम नेपालको चिह्न लिएर चुनाव लड्ने भएको छ । 

संसद्मा प्रतिनिधित्व गरेका २७ दलले मात्र चुनाव चिह्न पाएको बताउँदै जिल्ला निर्वाचन अधिकारी फुयाँलले नेपाल दलित पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन नेपाल राष्ट्रिय पार्टी नभएकाले यिनीहरुले चुनाव चिह्न नपाएको बताउनुभयो । 

अन्य दलले चुनाव चिह्न नपाए पनि स्वतन्त्र रुपमा चुनाव लड्न पाउने र सोहीअनुसारको चुनाव चिह्न दिने व्यवस्था गरिएको छ । यसैबीच, बैतडीमा १८ स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न पनि आएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता