बैशाख १९, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव फिर्ता लिनुपर्ने एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बताएका छन् । नारायणकाजी श्रेष्ठसँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १९, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव फिर्ता लिनुपर्ने एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बताएका छन् । नारायणकाजी श्रेष्ठसँ"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायाण्काजीले भने-‘महाभियोग लगाउनुपर्ने पात्र उहाँ होइन’

२०७४, १९ बैशाख मंगलवार ०२:१०

बैशाख १९, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव फिर्ता लिनुपर्ने एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बताएका छन् । नारायणकाजी श्रेष्ठसँगको कुराकानी आजको कान्तिपुरमा छ ।

महाभियोग लाग्नुअघि प्रधानन्यायाधीश कार्कीलाई भेट्नुभएको भन्ने चर्चा आयो, कुरा के हो ?

-मैले अरू बेलाजस्तै सामान्य हिसाबले भेटेको हुँ। अदालतमा कुनै मुद्दा विचाराधीन रहेको बेला सोही कारणले भेट्न मिल्दा पनि मिल्दैनथ्यो, मैले त्यसी भेट्ने कुरा आउँदैन पनि थियो ।

महाभियोग प्रस्तावकै अघिल्लो दिन भेट्नुको कारण के हो त ?

-राजनीतिक नेतृत्वमा बसिसकेको राज्यका विभिन्न पदाधिकारीसँग वेलाबखत भेटघाट हुन स्वभाविक हो । त्यो भेट पनि त्यसरी नै थियो। अन्य कुनै उद्धेश्य थिएन।

महाभियोगमा जाने पार्टी अध्यक्ष र कांग्रेस सभापति भन्दा फरक मत राख्नुभयो नि ?

-पहिला महाभियोग प्रस्ताव पद्धती रूपमा पनि त्रूटिपूर्ण ढंगाले आएको छ । दोस्रो यसले हाम्रो संविधान कार्यान्वयनको लक्ष्यलाई सघाउ पुर्‍याउँदैन । 

प्रधानन्यायाधीश कार्कीका कतिपय निर्णय र शैलीमा असहमत हुन सकिएला तर उहाँको मूल प्रवृत्ति भनेको स्वच्छ, स्वाभिमानी, निष्ठावान पेसागत वयक्तित्वको रूपमा नै छ । महाभियोग लगाउनुपर्ने पात्र उहाँ होइन । त्यसैले यो प्रस्ताव फिर्ता लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा