२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कोर्ट बन्ने

२०७४, १९ बैशाख मंगलवार ०५:२३

बैशाख १९, नगरकोट । भक्तपुरको चाँगुनारायण नगरपालिका–४, चाँगुमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कोर्ट बन्ने भएको छ । 

ब्याडमिन्टन कोर्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रीहरि कुइँकेलले करिब पाँच रोपनी क्षेत्रमा निर्माण हुने कोर्टका लागि करिब रु ६८ लाखको लगत इस्टिमेट तयार गरिसकिएको बताउनुभयो । त्यसका लागि भक्तपुर निर्वाचन क्षेत्र नं १ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पहिलो चरणका लागि रु २० लाख विनियोजनसमेत भइसकेको उहाँले जानकारी दिनुभयो । 

उक्त बजेट प्राप्त गर्न जिल्ला समन्वय समिति भक्तपुरसँग सम्झौताका लागि अन्तिम चरणमा पुगिसकेको समितिका सचिव राधेश्याम खनालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कभर्डहल निर्माण गर्न स्थानीय उपभोक्ताले गत माघमै उपभोक्ता समिति गठन गरेका थिए । उपभोक्ता समितिले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको उहाँले बताउनुभयो । 

यसैबीच, स्थानीय उपभोक्ता समितिले आइतबार स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालासँग भेट गरी कोर्ट निर्माणसम्बन्धी छिटो सम्झौता गर्न ध्यानाकर्षण गरेको छ । चालु आवभित्रै रु २० लाखको कार्य गर्नुपर्ने भएकाले सम्झौतामा ढिलाइ नगर्न स्थानीय विकास अधिकारीको ध्यानाकर्षण गरिएको अध्यक्ष कुइँकेलले जानकारी दिनुभयो । 

समितिले यस वर्ष काम सुरु भएपछि अन्य क्षेत्रबाट पनि बजेट व्यवस्थापनका लागि सहज हुने बताएको छ । भक्तपुरमै पहिलो कभर्ड हल निर्माण गर्न स्थानीय उपभोक्ता सक्रिय भएर लागेको देखेर आफू पनि प्रभावित भएको स्थानीय विकास अधिकारी कोइरालाले बताउनुभयो । 

उहाँले जिल्ला समन्वय समितिको सम्पूर्ण प्रक्रिया पूरा गरेर तीनचार दिनमै कभर्डहल निर्माण उपभोक्ता समितिसँग सम्झौता हुने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ