२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म गर्भवती भए वा भइनँ पक्का हुन चाहन्छु

२०७४, २० बैशाख बुधबार ०९:२३


म १९ वर्षकी भएँ । हामी शिशु जन्माउने उद्देश्यले भेट्छौं । पछिल्लो पटक महिनावारीको १३ दिनमा एकै समयमा दुई पटक सम्पर्क गर्‍यौं तर योनिमा वीर्य झरेन। अहिलेसम्म अर्थात् १७ औं दिनसम्म कुनै डिम्ब निस्किएको छैन। म गर्भवती भए वा भइनँ पक्का हुन चाहन्छु । यदि भएको भए त्यसबाट बच्ने कुनै उपाय छ ?

गर्भवती हुने सम्भावना

कतिपय स्थितिमा पहिलो वा एकमात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै‌ यस्तो हुँदैन। गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ। शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ। शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको बेला हुनु आवश्यक छ। महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ। डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ। डिम्ब निस्केको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ।

२८ दिनमा महिनावारी हुने महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले यो समयमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ। डिम्ब निस्केको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन् अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ।

सामान्यतः महिनावारी सुरु भएको आठौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ। नियमित यौनसम्पर्क गर्दा एक सामान्य दम्पतीको महिनामा यस्तै १५ देखि २५ प्रतिशत गर्भ रहने सम्भावना हुन्छ। चार-पाँच महिनामा यो यस्तै ५० प्रतिशत अनि एक वर्षमा यस्तै ८० प्रतिशत पुग्छ, तर महिनावारी ठीक २८ दिनमा नभै ढिलो-चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ, किनभने यो भरपर्दो नहुन सक्छ।

डिम्ब निस्किएको कसरी थाहा पाउने ?

अहिले चिकित्सा प्रविधिको प्रयोग गरेर डिम्ब निष्कासन भएको सही समय थाहा पाउन सकिने भए पनि सामान्य महिलालाई यो कुरा थाहा पाउन सजिलो छैन। महिनावारीको बीचमा पेट दुख्नु नै डिम्ब निष्कासनको लक्षण हुन सक्छ। यसलाई mittelschmerz भनिन्छ। जर्मन भाषा mittel को अर्थ ‘मध्य’ schmerz को अर्थ ‘पीडा’ हुन्छ। यस्तो पीडा छोटो तथा तीव्र पनि हुन सक्छ। यो पीडा सामान्यतः महिनावारीमा हुने पीडाभन्दा केही फरक हुन्छ।

यो पेटको एकातिर मात्र दुख्छ। यो अकस्मात् दुख्छ। पीडा तीखो किसिमको हुन्छ। सामान्यतः केही मिनेट मात्र पीडा हुन्छ भने कसैलाई यस्तो केही घण्टा वा एक दिनसम्म पनि हुन्छ। जुन डिम्बाशयवाट डिम्ब निस्किएको हो पेटको त्यतैतिर दुख्छ। यस्तो दुखेको यस्तै दुई हप्ता (१४ दिन) पछि अर्को महिनावारी सुरु हुन्छ। तपाईंले डिम्ब निस्किएको छैन भनेर कुन आधारमा भन्नुभयो सो कुरा बुझ्न अलि सकिएन।

गर्भ चाहेको वा नचाहेको ?

तपाईंले गर्भ रहन नै यौनसम्पर्कका लागि प्रयास गर्नुभएको तर शिशु पनि नचाहेजस्तो कुरा लेख्नुभएकाले प्रश्नमा केही अस्पष्टता भेटें, तर गर्भ रहे-नरहेको पक्का हुन चाहनुभएको र गर्भ रहन नसकेको स्थितिबाट बच्ने चाहना गर्नुभएको भन्ने अर्थमा यहाँ जवाफ दिन प्रयास गरेको छु।

गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएको डिम्बको मिलनबाट हुन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रूपमा

१. डिम्ब निस्कासन,

२. यौनसम्पर्क,

३. वीर्य स्खलन,

४. डिम्ब निषेचन तथा

५. डिम्ब रोपण जस्ता कुरा हुनु आवश्यक छ ।

यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्केका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन्।

त्यहाँ परिपक्व भएको डिम्बसँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ।

गर्भधारणमा महिलाको उमेर, यौनसम्पर्क कति पटक राखिन्छ यो महिनावारी चक्रको कुन बेला यौनसम्पर्क गरिन्छ भन्ने जस्ता कुराले प्रभाव पार्छन्। गर्भनिरोधको कुनै साधन प्रयोग नगरी गर्भ रहोस् भन्ने चाहेर एक वर्षभन्दा बढी समयसम्म यौनसम्पर्क गर्दा पनि गर्भ नरहेको स्थितीमा परीक्षण गर्नु मनासिब हुन्छ।

सन्तान जन्माउन नसक्नुमा केही कारण पुरुषमा हुन्छ भने केही कारण महिलामा हुन्छ। त्यसैगरी केही कारण दुवै जनामा संयुक्त रूपमा हुन्छ। करिब १० प्रतिशतजति यस्ता घटनामा सन्तानहीनताको कारण नै पत्ता लाग्दैन। पुरुषको सन्दर्भमा पर्याप्त मात्रामा स्वस्थ शुक्रकीट उत्पादन भैरहेको छ वा छैन विचार गर्नुपर्छ।

यो वीर्य परिक्षण गरेर सजिलै पत्ता लगाउन सकिन्छ। महिलाको सन्दर्भमा शरीरमा कतिपय हार्मोनको गडबडीका कारण पनि सन्तान उत्पादन गर्न नसक्ने हुन्छन्। केही परिस्थितिमा मानसिक कारण पनि भेटिएको छ। महिलाको प्रजनन अंगसँग सम्बन्धित विकारहरूका कारण सन्तान जन्माउन नसक्ने हुनु सबैभन्दा प्रमुख कारण हो।

पाठेघरभित्र मासु बढ्ने, पाठेघरको भित्री तहको खराबी वा संक्रमण (जस्तै क्षयरोग) वा अन्य खराबी भए पनि सन्तान जन्मन नसक्ने हुन्छ। विभिन्न कारणले डिम्बवाहिनी नलीको संक्रमण हुन गए यो नली बन्द हुन सक्छ। यो नली बन्द भए डिम्ब तथा शुक्रकीटको मिलन हुन नसक्ने भयो।

कतिपय यौनरोग डिम्बवाहिनी नली बन्द हुनुका प्रमुख कारक हुन्। निःसन्तान महिलाहरूमा हुने कारणहरूलाई केलाएर हेर्ने हो भने पाठेघरको मुखसँग सम्बन्धित खराबीहरू गर्भधारण हुन नसक्नुका कारण हुन्छन्। कतिपय जटिल दीर्घरोग वा कडा शारीरिक रोगका कारणले पनि सन्तान जन्माउन सक्ने क्षमतामा नकारात्मक असर पार्छ।

त्यसैले एक वर्षभन्दा बढी कुनै गर्भनिरोधको साधन प्रयोग नगरी प्रयास गर्दा पनि गर्भ रहेन भने वीर्य परीक्षणपछि स्त्रीरोग विशेषज्ञलाई भेट्न सल्लाह दिन्छु जसले कुनै समस्या छ भने त्यसलाई समाधान गर्न सकियो।

आशा गर्छु, तपाईंले आफ्नो जिज्ञासाको जवाफ पाउनुभयो तर तपाईंले फरक कुरा सोध्नुभएको हो भने पुनः सोध्न अनुरोध गर्छु। अन्तमा, अहिले भर्खरै १९ वर्षको उमेरमै किन शिशु पाउने प्रयास गर्नुभएको हो, सोचाहिँ बुझिएन। कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !