२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरलाई देशकै नमुना जिल्ला बनाउनेः उम्मेदवारको प्रतिबद्धता

२०७४, २० बैशाख बुधबार ११:३५

बैशाख २०, भक्तपुर । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट नगरप्रमुखका उम्मेदवारले भक्तपुर जिल्लालाई देशकै नमुनाको जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । 

आज भक्तपुरको गठ्ठाघरमा सञ्चारकर्मीसँग कुरा गर्दै मध्यपुरथिमि नगरपालिकामा काँग्रेसबाट प्रमुख पदका उम्मेदवार हुनुभएका अष्टकुमार कवेँले मध्यपुर थिमि नगरपालिकालाई विकासको मूलप्रवाहमा ल्याउने बताउनुभयो । 

मध्यपुरथिमिमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउने र मध्यपुर नगरपालिकाबाट सञ्चालित कोरिया मैत्री अस्पताललाई सुविधासम्पन्न एव्म यहाँका बासिन्दालाई सर्वसुलभ उपचारको व्यवस्था गर्ने बताउँदै उहाँले मध्यपुर नगरपालिका भएर बग्ने मनोहरा हनुमन्ते खोला किनारमा करिडोर निर्माण गर्ने, यहाँका सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्ने, मध्यपुरलाई सांस्कृतिक सहरको रुपमा विकास गर्ने, पर्यटकीय गन्तव्य बनाउने, ढल, सडक र खानेपानीको पुहँचमा वृद्धि गर्ने योजना लिएर आफू निर्वाचनमा आएको धारणा व्यक्त गर्नुभयो । 

यता रफतसञ्चार क्लबमा आयोजना भएको अन्तक्र्रिया कार्यक्रममा सूर्यविनायक नगरपालिकामा काँग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार विष्णुराज कार्कीले आफ्नो जितसँगै सूर्यविनायक नगरको शिक्षा, स्वास्थ्य र सडक विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउनुभयो । 

उहाँले सूर्यविनायक नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, यहाँका नागरिकको आयस्रोतलाई उच्च बनाउने, भक्तपुर नेपालकै सफल कृषि आधुनिकिरण एवम् उत्पादनको जिल्लाको रुपमा विकास गर्ने, राष्ट्रिय प्राणी उद्यानको पूर्णता दिने कार्यमा तीव्रता दिने र जैविक विविद्यताको संरक्षण एवम् प्रर्वद्धनमा आफ्नो महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गर्नुभयो । 

कार्कीले सूर्यविनायकलाई सडक र खानेपानीबाट जोड्ने, गाउँगाउँमा पक्की सडक पु¥याउने, स्वास्थ्य संस्थाको विकास र विस्तार गरी यसलाई गाउँगाउँमा पहुँच पु¥याउने कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

त्यस्तै चाँगुनारायण नगरपालिकाका प्रमुख पदमा काँग्रेसबाट उम्मेदवारी दिनुभएका राजाराम खड्काले चाँगुनारायण नगरपालिका क्षेत्रको समग्र विकासका लागि यहाँको पर्यटन, खानेपानी तथा सडक विस्तारमा जोड दिइने प्रतिबद्धता जनाउनुभयो । 

उपत्यकामै पछाडि परेको भक्तपुरको– १ नम्बर क्षेत्रको समग्र विकासको लक्ष्य लिएर आफू चुनावी मैदानमा आएको पनि उहाँले बताउनुभयो । 

भक्तपुर नगरपालिकामा काँग्रेसबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका राम कासुलाले भक्तपुरको समग्र विकासका साथै यहाँको शिक्षा, खानेपानी सडक र ढल निकासको समस्यालाई समाधान गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै