2026-09-19 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा दुई हजार ४१५ जना उम्मेदवार, कहाँबाट कति उम्मेदवार ?

बैशाख २०, बनेपा । काभ्रेपलाञ्चोकको विभिन्न नगरपालिका र गाउँपालिकामा कुल दुई हजार ४१५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

उम्मेदवारी दर्ता गराएकामध्ये तेमाल गाउँपालिका र धुलिखेल नगरपालिकाको पूर्ण विवरण नआएकाले उम्मेदवारी दिनेको सङ्ख्या अझै बढ्ने जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले जनाएको छ । 

जिल्लाको बनेपा नगरपालिकामा विभिन्न राजनीतिक दलबाट प्रमुखका लागि ९, उपप्रमुखका लागि ८, वडाध्यक्षका लागि ८०, महिला सदस्यमा ५७, दलित महिला सदस्यमा ४२ र अन्य सदस्यमा १२४ गरी कुल ३२० जनाको मनोनयन दर्ता भएको छ । 

पनौती नगरपालिकामा प्रमुखका लागि ११ जना, उपप्रमुखका लागि ६, वडाध्यक्षका लागि ६३, महिला सदस्य ४४, दलित सदस्य ४० र अन्य सदस्य १०१ गरी कुल २६५ जनाले मनोनयन दर्ता गराएका छन् । 

पाँचखाल नगरपालिकामा प्रमुखका लागि ९, उपप्रमुखका लागि ८, वडाध्यक्षका लागि ६३, महिला सदस्य ४६, दलित महिला ४२ र अन्य ८४ गरी कुल २५२ जनाले मनोनयन दर्ता गराएका छन् । 

धुलिखेल नगरपालिकामा प्रमुखका लागि सात, उपप्रमुखका लागि ६ जनाले मनोनयन दर्ता गरेको मात्रै जानकारी आएको छ । विस्तृत विवरण आउन बाँकी छ । 

मण्डनदेउपुर नगरपालिकामा प्रमुखका लागि १०, उपप्रमुखका लागि ६, वडाध्यक्ष ५२, महिला सदस्य ४२, दलित महिला सदस्य ३५, अन्य ८६ जना गरी कुल २३१ जनाले मनोनयन दर्ता गराएका छन् । 

नमोबुद्ध नगरपालिकामा प्रमुखका लागि ९, उपप्रमुखका लागि ६, वडाध्यक्ष ५५, महिला सदस्य ४१, दलित महिला सदस्य ३८, अन्य ८७ गरी कुल २३६ जनाले मनोनयन दर्ता गराएका छन् । 

त्यस्तै, खानीखोला गाउँपालिकाको अध्यक्षमा १०, उपाध्यक्षमा ४, वडाध्यक्षमा ३४, महिला सदस्य २३, दलित महिला सदस्य १५, अन्य ५१ गरी कुल १३७ जनाले मनोनयन दर्ता गराएका छन् । 

बेथानचोक गाउँपालिकामा अध्यक्षमा पाँच, उपाध्यक्षमा पाँच, वडाध्यक्षमा १९, महिला सदस्य १९, दलित महिला सदस्य १८, अन्य ३९ गरी कुल १०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

भुम्लु गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा चार, वडाध्यक्षमा ४३, महिला सदस्य ३१, दलित महिला सदस्य ३१, अन्य ६५ गरी कुल १८१ जनाले मनोनयन दर्ता गरेका छन् । रोशी गाउँपालिकामा अध्यक्षका लागि ६, उपाध्यक्षका लागि ६, वडाध्यक्षका लागि ५६, महिला सदस्य ५१, दलित महिला ४१, अन्य १०२ गरी कुल २६२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

चौरी देउराली गाउँपालिकामा अध्यक्षमा पाँच, उपाध्यक्षमा पाँच, वडाध्यक्षमा ४२, महिला सदस्य ३०, दलित महिला २७, अन्य ६४ गरी कुल १७५ जनाले मनोनयन दर्ता गराएका छन् । 

महाभारत गाउँपालिकामा पनि अध्यक्षमा ६ र उपाध्यक्षमा चारको मनोनयन भएको बाहेक विस्तृत विवरण आएको छैन । त्यस्तै तेमाल गाउँपालिकाको पनि कुनै विवरण आएको छैन । 

निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले मनोनयनको विवरण आउने क्रम जारी रहेको बताउनुभयो । जिल्लामा विभिन्न पदमा ७३३ जना निर्वाचित हुनेछन् । छ नगरपालिका र सात गाउँपालिका रहेको काभ्रेपलाञ्चोकमा दुई लाख ३० हजार ८४९ मतदाता रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई