२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अधिकांश कर्मचारी कार्यालय आइसकेपछि बिदाको जानकारी

२१ बैशाख २०७४, बिहीबार ०९:५५

बैशाख २१, गौशाला । महोत्तरीका अधिकांश कर्मचारी कार्यालयमा आइसकेपछि सरकारले आज जानकी नवमीको अवसर पारेर महोत्तरी र धनुषा जिल्लामा सार्वजनिक बिदा गरेको थाहा पाएका छन् । 

अचानक आजैको निर्णयानुसार सरकारले यसैवर्षदेखि थालेको जानकी नवमी बिदाबारे महोत्तरीका अधिकांश कर्मचारीलाई थाहा नभएको र उनीहरु आ–आफ्ना कार्यालयमा आइसकेपछि मात्रै थाहा पाएका हुुन् । 

जिल्लाका अदालत, कारागार, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, मालपोत, कोलेनिका, नापी, भूमिसुधार, वन, भू–संरक्षणलगायत तीन दर्जन बढी कार्यालयका सयौँ कर्मचारी कामकाज गर्न कार्यालयमा आइसक्दा मात्रै उनीहरुले आज बिदा रहेको थाहा पाएका छन् । 

कतिपय कार्यालयका कर्मचारीले आजको हाजिरीसमेत गरिसकेका र कतिले आजको मितिमा धेरैजसो चिठीपत्र, कागजातसमेत दर्ता र चलानी गरिसकेका छन् । 

यसअघि कहिले पनि नदिइएको जानकी नवमीको बिदा यसैपालिदेखि लागू गरिएकाले धेरैजसोले आज बिदा हुनसक्ने आशा पनि नगरेकाले महोत्तरीका अधिकांश कर्मचारी आ–आफ्ना कार्यालयमा आइसकेपछि बिदाबारे जानकारी पाएका हुन् । 

कतिले कार्यालय आई हाजिर बनाई, कामकाज समेत गर्न लागिसकेका र कतिले आउनेबित्तिकै थाहा पाए पनि अहिले सबैजना पुनः बिदा भन्दै आ–आफ्ना घर फर्किसकेका छन् र कति अब कार्यालय आइसकेपछि बेलुका नै जाउँला भन्दै कार्यालयमै बसिरहेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य