२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोराले अन्तरजातीय विवाह गर्दा बाबु थुनामा !

२२ बैशाख २०७४, शुक्रबार ०१:४२

बैशाख २१, बैशाख । छोराले अन्तरजातीय बिहे गरेकै कारण बाबुलाई प्रहरीले नियन्त्रणमा लिएर आठ दिन थुनेको छ । 

पर्साको बहुदरा गाउँपालिका १ का जमुना साह कलवारलाई प्रहरीले वैशाख १४ गते नियन्त्रणमा लिएर सार्वजनिक अपराध मुद्दमा आठ दिन थुनेको हो । कलवारका छोरा २७ वर्षीय रामबाबु साह कलवारले गाउँकै अलियास देवानकी छोरी २१ वर्षीया सौयादासँग बिहे गरेपछि त्यही आरोपमा प्रहरीले बेहुला रामाबाबुका बुबा जमुनालाई पक्राउ गरेर आठ दिन थुनामा राखी बिहीबार छाडेको छ।

प्रेम सम्बन्धमा रहेका रामाबाबु र सौयादाले करिब डेढ महिनाअघि घरबाट भागेर भारतको दिल्लीमा गई मन्दिरमा बिहे गरेका थिए। बेहुलीका बुबा अलियासले रामबाबु र उनका बुबा जमुनालगायतले आफ्नी नाबालिग छोरीलाई ललाई फकाई अपहरण गरेर बेपत्ता बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएपछि प्रहरीले गत वैशाख १४ गते जमुनालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दर्ता गरी थुनामा राखेको हो।

पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले केटी पक्षले रामबाबु र उनका बुबाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गराएको र खोजतलासका क्रममा रामबाबु फरार रहेकाले उनका बुबा जमुनालाई नियन्त्रणमा लिएर सार्वजनिक अपराधअन्तर्गतको मुद्दा चलाइएको बताए ।

‘अभिभावकलाई ल्याएर नथुनेसम्म भागेका केटाकेटी हाजिर नै हुँदैनन्। यो यहाँको प्रवृत्ति नै बनिसकेको छ’, प्रहरी उपरीक्षक साहले भने, ‘यो घटनामा पनि यस्तै भयो। केटाकेटी डेढ दुई महिनादेखि भागेका थिए। जब केटाको बाबुलाई ल्याएर थुन्यौं अनि केटाकेटी दुवै प्रहरीमा उपस्थित भए।’

उनले भने, ‘केटी पक्षले अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गराएको थियो तर हामीले सार्वजनिक अपराध मुद्दा मात्र चलायौं।’ प्रहरीले बेहुलाका बुबा जमुनालाई नियन्त्रणमा लिएर थुनामा राखेपछि बेहुला रामबाबु र बेहुली सौयादा बुधबार जिल्ल प्रहरी कार्यालय पर्सामा हाजिर भएका थिए। ती दुवैलाई पनि प्रहरीले रातभर थुनेर राखेको थियो।

डेढ महिना पहिले घर छोडेर भागेका रामबाबु र सौयादाले भारतको दिल्लीस्थित एक मन्दिरमा हिन्दु रीतिरिवाजअनुसार बिहे गरेपछि महोत्तरीको जलेश्वरमा आएर बसेका थिए। जलेश्वरमा बस्दा केटी पक्षबाट अनेक धाकधम्की आउन थालेपछि दुवैजनाले जलेश्वरस्थित जिल्ला अदालतमा गएर गत वैशाख १५ गते श्रीमान् श्रीमतीबीचको नाता कायम गराई कानुनी रूपमा बिहे गरेका थिए।

यता बेहुलाका बुबालाई प्रहरीले हिरासतमा लिएर थुनपेछि बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा बेहुला रामबाबु र बेहुली सौयादा हाजिर भएपछि बेहुली पक्षकाले दुवैजनालाई अलग गराउन प्रहरीलाई दबाब दिएका थिए। बेहुला पक्षले बिहे गर्ने उमेर पूरा भई कानुनी रूपमा गरिएको बिहेलाई मान्यता दिन दबाब दिएपछि प्रहरीले बिहीबार दिउँसो बेहुला र बेहुलीलाई बेहुलाका अभिभावकको जिम्मा लगाएर पठाएको छ।

‘दुवैको बिहे गर्ने उमेर पुगेको देखिएपछि केटा र केटीलाई केटाका अभिभावकको जिम्मा लगाइदियाैं’, पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले भने, ‘नेपालको कानुनअनुसार २० वर्ष उमेर पुगेका केटा र केटीले आफू खुसी बिहे गर्न पाउँछन्, अभिभावकको मञ्जुरी चाहिँदैन।’ प्रहरीले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चालाएर आठ दिनदेखि थुनामा राखिएका बेहुला रामबाबुका बुबा जमुनालाई पनि बिहीबार दिउँसो रिहा गरेको छ।  -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय