2026-09-19 06:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमा ९ करोडको लगानीमा चार वर्षपछि बन्ने भो झोलुङ्गे पुल

बैशाख २२, नवलपरासी । चार वर्षदेखि अलपत्र परेको नवलपरासीको त्रिवेणीधामदेखि वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुलको निर्माण आयोजना पुनः सुरु हुने भएको छ । 

राष्ट्रिय निकुञ्ज विभागको सहमतिपश्चात् पुन काम सुरु गर्न लागिएको नवलपरासीका स्थानीय विकास अधिकारी युवराज कटेृलले जानकारी दिनुभयो । स्थानीय विकास मन्त्रालयको करिब रु नौ करोड लागतमा दुईसय ७० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न हुनेछ । 

यसअघि चितवन राष्ट्रिय निकुन्जले सहमति नदिँदा काम अलपत्र परेको थियो । तर अब राष्ट्रिय निकुञ्ज विभाग र राष्ट्रिय निकुञ्जले सहमति दिएपछि अलपत्र परेको झेलुङ्गे पुलको निर्माण आयोजनाको काम पुनः सुरु गर्न लागिएको स्थानीय विकास अधिकारी कटेृलको भनाइ छ । 

पुल निर्माणपछि नवलपरासीको त्रिवेणीधामदेखि चितवनस्थित वाल्मीकि आश्रम जान निकै सजिलो हुनेछ । हाल वाल्मीकि आश्रम जान एक मात्र विकल्प भारतीय भूमि प्रयोग गरी जानुुपर्ने बाध्यता रहेको छ । वाल्मीकि आश्रम धार्मिक दृष्टिकोणले नेपाली र विदेशी पर्यटकका लागि निकै महत्वपूर्ण स्थल मानिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो