बैशाख २२, चितवन । मुग्लिन–नारायणगढ सडक आयोजनाले यही वैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म १० दिन मुग्लिन–नारायणगढ सडक चौबिसै घण्टा खुल्ला गर्ने भएको छ ।

स्थानीय न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २२, चितवन । मुग्लिन–नारायणगढ सडक आयोजनाले यही वैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म १० दिन मुग्लिन–नारायणगढ सडक चौबिसै घण्टा खुल्ला गर्ने भएको छ ।

स्थानीय न"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैशाख २५ देखि मुग्लिन सडक चौबिसै घण्टा खुला गरिने

२२ बैशाख २०७४, शुक्रबार ०८:२२

बैशाख २२, चितवन । मुग्लिन–नारायणगढ सडक आयोजनाले यही वैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म १० दिन मुग्लिन–नारायणगढ सडक चौबिसै घण्टा खुल्ला गर्ने भएको छ ।

स्थानीय निकायको निर्वाचनलाई ध्यान दिँदै यस्तो निर्णय गरिएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । उहाँका अनुसार सबै मजदुर पनि चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता आउजाउको क्रम चल्ने र चुनावी कार्यक्रम पनि भइरहने भएकाले १० दिन बाटो खुला गर्ने निर्णय गरिएको हो ।

अहिले उक्त सडक बिहान १० बजे देखि ४ बजेसम्म ६ घन्टा बन्द हुँदै आएको छ । अहिलेसम्म उक्त सडक खण्डमा ४७ प्रतिशत काम पूरा भएको छ । निर्णाण सम्झौता भएको यही वैशाखमा दुई वर्षको म्याद पूरा भएपछि निर्माण आधा पनि काम नहुँदा पुनः म्याद थप गरेर निर्णाण कार्य अघि बढाइएको छ ।

आगामी पुसको पहिलो हप्तासम्मका लागि समय थप गरिएको आयोजनाले जनाएको छ । उक्त सडक खण्डको ३४ किलोमिटर क्षेत्रमा तीन चरणमा अहिले काम भइरहेको छ ।

विभिन्न ६ वटा निर्माण कम्पनीले तीन खण्ड छुट्याएर काम गरिरहेका छन् । काम ढिलाइ हुँदा यहाँ आवतजावत गर्ने यात्रु प्रभावित हुँदै आएका छन् । यहाँ दैनिक १० हजार गाडी आवतजावत गर्ने गरेको चितवनका प्रहरी प्रमुख दीपक थापा बताउँछन् ।

अघिल्लो महिनामा यहाँ सुख्खा पहिलो खसेर दुई जनाको ज्यान गएपछि सतर्कता बढाइएको छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत विश्व बैंको सहयोगमा सडक चौडा पार्ने काम सुरु भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै