Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

गाउँपालिकामा एमालेबाट दुई जना बागि उम्मेदवार

२०७४, २२ बैशाख शुक्रबार ११:४२

दान बहादुर बुढा/बैशाख २२, मुगु । वैशाख ३१ गते हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य मंगलवार सकिएको छ ।

 जिल्लाको एक नगरपालिका, तिन गाउँपालिका र ४५ वडाका लागि राजनितिक दलहरुले उम्मेदवारको मनोनयन दर्ता गरेका छन । छायानाथ रारा नगरपालिकाका लागि प्रमुख र उप प्रमुख पदमा नेपाली काँग्रस र नेकपा माओवादी केन्द्रका तर्फबाट हरिजंग शाही र सुरबहादुर बुढाले मनोनयन दर्ता गराएका छन भने एमालेका तर्फबाट प्रमुखमा जितबहादुर मल्ल र उप प्रमुखमा सुन्तला रोकायाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पाटीका तर्फबाट धिरेन्द्रबहादुर कार्कीले प्रमुख पदमा उम्मेदवारी दिएका छन । त्यस्तै खत्याड गाउँ पालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुखमा लोकेन्द्र थापा र उप प्रमुखमा सरिता रोकायाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । नेकपा एमालेका तर्फबाट प्रमुखमा उब्जन बहादुर शाही र उप प्रमुखमा जयानन्दा रोकायाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । 

दुवै पदमा बागि उम्मेदवारी मनोनयन दर्ता भएका छन । नेकपा एमालेबाट प्रमुख र उप प्रमुखको उम्मेदवारको टिकट नपाएपछि अम्मराज शाही र राजबहादुर शाहीले सुरुमा नै स्वतन्त्र उम्मेदवारका रुपमा गाउँ पालिकाको प्रमुख पदमा मनोनयन दर्ता गरेको बताईएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट प्रमुखमा विर्खबहादुर थापा र उप प्रमुखमा जुनदेवी शाहीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन । 

सोरु गाउँ पालिकामा काँग्रेसबाट प्रमुखमा लोकबहादुर शाहीले मनोनयन दर्ता गराएका छन भने एमालेबाट प्रमुखमा धर्मबहादुर शाही र उप प्रमुखमा राज्यलक्ष्मी मल्ल, माओवादी केन्द्रबाट प्रमुखमा पुरनबहादुर शाही र उप प्रमुखमा विष्णुदेवी देवकाटाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । 

मुगुम कार्मारोङ गाउँ पालिकामा काँग्रेस र माओवादी केन्द्रका तर्फबाट प्रमुखमा छिरिङक्याप्ने लामा र उप प्रमुखमा ईटोल लामाले उम्मेदवारी दर्ता गराएका छन । एमालेका तर्फबाट प्रमुखमा सोनाम लामाले प्रमुखमा मनोनयन दर्ता गराएका छन । 

सदरमुकाम बाहिर सञ्चार सम्पर्क त्यति राम्रो नभएकाले विस्तृत विवरण आउन बाँकि रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विस्तृत विवरण बुधबारसम्म आई पुग्ने कार्यालयको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ