५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नगरपालिका र गाउँपालिकाका पदाधिकारीको तलब तोकियो, कसको कति ?

२३ बैशाख २०७४, शनिबार ०२:११

वैशाख २३, काठमाडौं | स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ।  यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

ऐनको मस्यौदा संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ। तर अहिले स्थानीय विकास मन्त्री नभएका कारण ऐनको मस्यौदा संसद पुग्न सकेको छैन। मन्त्रालयका सचिव दिनेश थपलियाका अनुसार दैनिक रुपमा कार्यालय आएर सेवा प्रदान गर्नुपर्ने पदाधिकारीलाई न्युनतम सेवा सुविधा दिने व्यवस्था गर्न लागिएको हो। यसरी तलब सुविधा पाउनेमा भने महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु पर्नेछन्। 

कसको कति तलब ?

महानगरपालिका 

प्रमुख : ६० हजार 

उपप्रमुख : ५० हजार 

वडाअध्यक्ष : ३० हजार 

उपमहानगरपालिका 

प्रमुख : ४५ हजार 

उपप्रमुख : ४० हजार 

वडाअध्यक्ष : २५ हजार 

नगरपालिका

प्रमुख : ३० हजार 

उपप्रमुख : २५ हजार 

वडाअध्यक्ष : २० हजार

गाउँपालिका 

प्रमुख : २५ हजार 

उपप्रमुख : २० हजार 

वडाअध्यक्ष : १५ हजार

बैठक भत्ता १ हजार 

बैठक भत्ता एक हजार

स्थानीय तहमा निर्वाचित वडा सदस्यहरूका लागि हजार रुपैयाँ बैठक भत्ता प्रस्तावित गरिएको छ । स्थानीय तहका पदाधिकारीको सेवासुविधासम्बन्धी ऐनको मस्यौदाअनुसार बैठकमा उपस्थित हुँदा एकपटकको हजार रुपैयाँ पाउनेछन् । तर, मासिक पारिश्रमिक लिने प्रमुख, उपप्रमुख र वडाध्यक्षले भने बैठक भत्ता पाउँदैनन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार महिनामा बढीमा तीनवटा बैठक बस्न पाउनेछ, तर एउटा बैठक अनिवार्य रूपमा बस्नुपर्नेछ ।  

यो पनि पढ्नुहोस् > यी हुन् विश्वका सबैभन्दा धनी २० देशहरु, नेपाल कतिऔं स्थानमा ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ