वैशाख २३, काठमाडौं | स्थानीय तहको निर्वाचन आउन अब ९ दिन मात्र बाँकी छ। बिभिन्न दलका उम्मेद्वारहरू प्रचार प्रसार गर्न घर दैलोमा व्यस्त छन् । तर नयाँ शक्ति नेपालका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २३, काठमाडौं | स्थानीय तहको निर्वाचन आउन अब ९ दिन मात्र बाँकी छ। बिभिन्न दलका उम्मेद्वारहरू प्रचार प्रसार गर्न घर दैलोमा व्यस्त छन् । तर नयाँ शक्ति नेपालका"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावी चर्चाको लागि नयाँ शक्ति नेपालले गर्यो – यस्तो नाटक

२३ बैशाख २०७४, शनिबार ०२:४४

वैशाख २३, काठमाडौं | स्थानीय तहको निर्वाचन आउन अब ९ दिन मात्र बाँकी छ। बिभिन्न दलका उम्मेद्वारहरू प्रचार प्रसार गर्न घर दैलोमा व्यस्त छन् । तर नयाँ शक्ति नेपालका नागार्जुन नगरपालिका ७ का वडा अध्यक्षका उम्मेद्वार मदन गिरि अपहरणमा परे भन्ने खबरले सनसनी मच्चियो । 

पार्टीले यही विषयमा विज्ञप्ति पनि जारी गर्‍यो । बिहिबार नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले निकालेको विज्ञप्तिमा अपहरणको आरोप सत्ताधारी दलका कार्यकर्तामाथी लगाएको छ ।

गिरी दुई दिन अघि बेलका ७ बजे नयाँ बजारबाट अपहरणमा परेको र  उनले अपहरण अगाडि पार्टीका नेतालाई जानकारी गराए लगत्तै मोबाइल स्वीच अफ भएको जानकारी आएपछि महानगरीय प्रहरी आयुक्त कार्यालय, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टिम उनको खोजीमा लाग्यो ।

अपहरणमा परेका भनिएका गिरी शुक्रबार आफैं प्रहरीको सम्पर्कमा आए । उनले आफू गोकर्णेश्वरको जंगल नजिकै रहेको र हतियारधारी समूहले आफ्नो अपहरण गरेर जंगलमा राखेको बताएपछि प्रहरी टोली गएर उनको उद्धार गर्‍यो ।

‘प्रहरीले भेट्दा जीउभरी हिलो थियो, हातमा पनि सानो चोट थियो’, काठमाडौं प्रहरी परिसरका एसएसपी छबिलाल जोशीले भने,‘उनले चार जना मिलेर अपहरण गरेको दाबी गरे ।’

तर प्रहरीले टेकुमा रहेको परिसरमा ल्याएर सोधपुछ गर्दा दृश्य फेरियो । प्रहरीले पाएको प्रारम्भीक जानकारी र उनले दिएको जानकारी मिलेन । प्रारम्भमा उनले चार जना युवतीले अपहरण गरेको दाबी गरेका थिए । बयानमा उनको दाबी मिलेन । बयानमा उनी जंगलमा लगेर राखेको बताए पनि उनी एक परिचित घरमा बसेको खुल्यो ।

घटना नाटकीय देखेपछि प्रहरीले केरकार बढायो अनि बल्ल खुल्यो- उनको अपहरण भएकै होइन उनी आफैंले अपहरणको नाटक गरेका  थिए ।

प्रहरीले प्रारम्भमा नक्कली अपहरण चुनावी चर्चाका लागि गरेको थियो । तर गिरीको बयानबाट अर्कै पाटो खुल्यो । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार वडा अध्यक्षको उम्मेद्वार बनेपछि पार्टीले अन्य उम्मेद्वारलाई सहयोग गर्नुपर्ने भन्दै ७ लाख रूपैयाँ मागेपछि त्यसबाट जोगिन अपहरणको नाटक गरेको प्रहरी बयानमा खुलाएका छन् । – नागरिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित