2026-10-15 01:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ प्रशिक्षण

नन्दराम जैशी | बैशाख २३, जुम्ला | जुम्लाका ८७ वटा मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ आजबाट दुइ दिने प्रशिक्षणमा सहभागि गराइएको छ । 

स्थानिय तहको निर्वाचनलाइ लक्षीत गरी जुम्लाका ७६ वटा मतदान स्थलका ८७ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ दुइ दिने प्रशिक्षणमा सहभागि गराइएको हो । प्रत्येक मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित केहि जगेडामा राखिएका कर्मचारीहरु सहित प्रशिक्षणमा करीब २ सय कर्मचारीको सहभागिता रहेको छ । प्रशिक्षणमा सहभागि कर्मचारीलाइ निर्वाचनलाई शान्त तथा मर्यादीत रुपमा सम्पन्न गर्न कर्मचारीले खेल्नुपर्ने भुमिका र उनिहरुको काम, कर्तब्यका बिषयमा जानकारी दिइने भएको छ । 

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिष बासुदेब न्यौपानेको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको उपस्थीतिमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गरीएको हो । उद्घाटनको क्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत न्यौपानेले ककर्मचारीहरुलाइ प्रशिक्षणमा राम्रोसँग जानकारी लिएर निर्वाचनलाई सफल पार्ने भुमिका खेल्न आग्रह गर्नुभयो । मतदान केन्द्रमा खटिसकेपछि त्यहाँको प्रत्यक्ष निगरानि राख्नुका साथै केहि समस्या निम्तीए तत्काल समन्वय गर्न उहाको सुझाब छ । 

एक नगरपालिका र जुम्लाका सात गाँउपालिकामा ८७ वटा मतदान केन्द्र तोकिएका छन् । जुम्लाका ७६ वटा मतदान स्थल मध्ये १ हजार बढि मतदाता संख्या रहेको स्थललाइ मतदान केन्द्र “ख” का रुपमा तोकिएको छ । प्रत्येक मतदान केन्द्रमा १ हजार ५० भन्दा बढि मतदाता संख्या नहुने भएको छ । जसले मतदातालाइ सहज र समयमै मतदान सम्पन्न गर्न सजिलो हुने भएको छ । भने नगरपालिका र गाँउपालिकामा मतदातालाइ पाईक पर्ने हिसाबले मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जानकारी दिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित