२१ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा भीषण आगलागी, पाँच घर जलेर खरानी

२४ बैशाख २०७४, आईतवार ०३:०३


भक्तपुर २४, भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ तेखापुखुमा गएराति २ बजेदेखि भीषण आगलागी भएको छ । आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । 

इन्द्र शिल्पकारको घरबाट खाना पकाउने काठको भुस बलेर आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । 

आगलागीबाट आठ घरपरिवार बस्दै आइरहेको पाँचवटा घर पूर्णरुपमा ध्वस्त भएको उहाँले जानकारी दिनुभयो । 

इन्द्र शिल्पकार, कृष्ण शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रलाल शिल्पकार, लक्ष्मीप्रसाद शिल्पकार, नारायण शिल्पकार र पुरुषोत्तम शिल्पकारको परिवार बस्दै आएको घरमा आगलागी भएको हो । 

बिहान २:३० बजेदेखि स्थानीय बासिन्दा, नेपाल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीसहित भक्तपुरका दुई, काठमाडौँको एक, ललितपुरको दुई र नेपाल प्रहरीको एक गरी छवटा दमकलले बिहानसम्म आगो नियन्त्रणको प्रयास जारी राखेको उहाँले बताउनुभयो । 

आगलागीमा मानवीय क्षति नभए पनि घरभित्र रहेका अधिकांश सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त तीन महिनादेखि तलब नपाएको भन्दै बंगलादेशी महिला टोलीका कोचले दिए राजीनामा ट्रम्पको सम्बोधन : यो अमेरिकी जनताको सानदार जित हो औपचारिक रुपमा राष्ट्रपति घोषित नहुँदै मोदीले दिए ट्रम्पलाई बधाई धादिङमा दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते रास्वपाको प्रदर्शन आज पनि जारी रहने जितनजिक पुग्दा तेस्रो ‘स्विङ स्टेट’मा पनि ट्रम्पको कब्जा ! अमेरिकी चुनाव: दुई स्विङ स्टेटमा ट्रम्पको जित, पाँचमा अग्रता कायमै बिना जानकारी जापान भ्रमणमा गएका कोशीका आन्तरिक मामिलामन्त्रीले बुझाए राजीनामा अमेरिकी राष्ट्रपति निर्वाचन : ७ ‘स्वीङ स्टेट’ मध्ये नर्थ क्यारोलाइनामा ट्रम्पले बाजी मारे, बाँकी ६ राज्यमा के छ अवस्था ? प्रचण्ड र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ? इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ सुदूरपश्चिमका जनता अहिले शेरबहादुर देउवाको नामसमेत सुन्न तयार छैनन् : सिंह काभ्रेमा आफ्नै छोराद्वारा लोहोरो प्रहार गरी आमाको हत्या रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति प्रधानमन्त्री ओली अस्वस्थ रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राख्न माग प्रचण्डद्वारा रवि लामिछानेको समर्थन, संसदीय समितिले सफाइ दिएको दाबी रवि लामिछानेको म्याद थपबारेको बहस सकियो