2026-07-24 09:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवार मतदाताको घरघर धाउँदै

बैशाख २४, बनेपा । स्थानीय तह निर्वाचनका लागि प्रमुख राजनीतिक दल र साना दलसमेत मतदाताको घरघर धाउन थालेका छन् । 

स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न उनीहरुले बाजागाजासहित घरदैलो अभियान तीव्र बनाइरहेका छन् । खानेपानी, सडक, फोहर व्यवस्थापन, पर्यटन प्रर्वद्धनलगायतका चुनावी नारा लिएर घरदैलो अभियान सुरु गरेका सबै राजनीतिक दलले चुनावको परिणाम आफ्नो पक्षमा आउने दाबी गरेका छन् । 

स्थानीय निकायमा लामो सयमको रिक्ततापछि पहिलो पटक हुनलागेको स्थानीय तहको निर्वाचनमा खास गरी नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । यसबाहेक बनेपा नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल, नेपाल लोकतान्त्रिक फोरमलगायतका साना पार्टी पनि प्रतिस्पर्धामा उत्रेका छन् । 

नेकाबाट बनेपा नगरपालिकाको प्रमुखमा उम्मेदवार बन्नुभएका राम जोशीले बनेपाको सबै वडा कार्यालयको समस्या केलाएर घोषणापत्र तयार पारिएकाले सबै समस्याको समाधान हुने जिकिर गर्दै फोहर प्रशोधन, ढल निकास, खानेपानी, फोहर व्यवस्थापनलगायतका सबै मुद्दालाई घोषणापत्रमा उल्लेख गरेको बताउनुभयो । 

एमाले काभ्रेपलाञ्चोकका प्रचार विभाग प्रमुख हरिशरण दाहालले २०४६ सालको आन्दोलनपछि काँग्रेसले स्थानीय तहमा नेतृत्व गरे पनि स्थानीय तहका समस्या समाधान गर्न नसकेको बताउनुभयो । आफू निर्वाचनमा विजयी हुने दाबी गर्दै उहाँले फोहरक प्रशोधन गरेर ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको बताउनुभयो । 

उहाँले भन्नुभयो – “हामीले बनेपा नगरलाई विकासमा अघि बढाउन ड्रिम प्रोजेक्ट नै निर्माण गरेका छाँै ।” 

नेकपा (माओवादी केन्द्र)बाट बनेपा नगरपालिकाको प्रमुखमा उम्मेदवार बन्नुभएका भोला अर्यालले खानेपानी, सडक, शिक्षा पर्यटनलगायतका स्थानीय समस्या समाधान गर्न आफ्नो पार्टी सक्षम भएको उल्लेख गर्दै अहिले नेपाली राजनीतिको एजेन्डा नै माओवादीको भएको जिकिर गर्नुभयो । 

उहाँले भन्नुभयो – “पुनःसंरचनापछि हामी पहिलो पटक स्थानीय तहको निर्वाचनमा सहभागी भएका छौं र हामी नयाँ अनुहार भएकाले हाम्रो योग्यता परीक्षण हुन जरुरी छ ।” 

बनेपाका युवा मतदाता सगुन मानन्धरले राजनीतिक पार्टी भन्दा पनि सक्षम र योग्य व्यक्तिलाई स्थानीय तहको नेतृत्वमा ल्याउनुपर्ने तर्क गर्नुभयो । तीस हजार ३७५ मतदाता सङ्ख्या रहेको बनेपा नगरपालिकामा १४ वडा छन् । 

यसअघिको यहाँ स्थानीय निर्वाचनमा काँग्रेसले जित हासिल गरेको थियो । बनेपा नगरपालिका आसपासको साविकका गाविस रविओपी, उग्रतारा जनागाल, नालालगायतका क्षेत्र पुनःसंरचनापछि बनेपा नगरपालिका क्षेत्रभित्र परेका छन् । 

काठमाडौँबाट २६ किलोमिटरको दूरीमा रहेको बनेपा नगर नेपालबाट चीन जाने अरनिको राजमार्गको सङगमस्थलका साथै व्यापारिक केन्द्र पनि हो । समुन्द्र सतहबाट करिब एक ४३८ मिटर उचाइमा अवस्थित बनेपा नगरमा प्रसिद्ध चण्डेश्वरी मन्दिर र आठ विभिन्न मन्दिर समेत रहेका छन् । नगरपालिकामा खासगरी नेवारी समुदायको बाहुल्यता रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक