२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

१०औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

२४ बैशाख २०७४, आईतवार १४:१०

कमल रावल/बैशाख २४, अछाम । अछाम जिल्लाको ओलिगाउमा भोलि ( सोमबार) बाट सुरु हुने १० औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । 

मंगलसेन नगरपालिका वडा नम्बर ९ मा रहेको तोल्यान क्रिकेट मैदानमा औपचारिक रुपमा भोलि ११ बजे औपचारिक रुपमा शुभारम्भ गरिने भएको छ । भोलिबाट सुरु हुने खेलका लागि टाढा टाढा टिम समेत ओलिगाउमा पुगि सकेका छन । 

जिल्लाको सबै भन्दा ठुलो धनराशिको क्रिकेट प्रतियोगिताको भएकाले यसपालि पनि १६ भन्दा बढी टिमको सहभागित रहने आयोजकले जनाएको छ । यस वर्ष उपाधि जित्ने टिमले नगद ३६ हजार, ६ सय ६६ रुपैया र प्रमाणपत्र हात पार्ने भएको छ । 

मंगला बिकास क्लबको ओलिगाउको आयोजनामा २०६२ सालबाट ९ हजार राशिबाट सुुरु भएको प्रतियोगिता १० औँ सम्म पुुग्दा ३६ हजार पुरयाईएको क्लबका अध्यक्ष गणेश बहादुर रावलले बताउनु भयो । 

यस वर्ष प्रतियोगिता विगतका वर्ष भन्दा फरक रहने आयोजना प्रचारप्रसार प्रमुख ककमल रावलले बताउनु भयो । यसअघि अछाम भित्रै रहेका युवा खेलाडीको प्रतिभा मात्र देख्न पाईन्थ्यो भने यस वर्ष थुप्रै क्लबाट कैलाली र कञ्चनपुुरबाट क्षेत्रिय स्तर सम्म खेल खेलि सकेका खेलाडी सहभागि हुने बताईएको छ । 

यसपालिको प्रतियोगितामा यसअघि तिन तिन वटा प्रतियोगिता जितिसकेका आयोजक मँगला बिकास क्लब ओलिगाउ, टँक स्मृती क्लक जुपुु तथा दिपक युवा क्लब कालिका र रिडिकोट युवा क्लब रिडिकोट प्रमुख उपाधि दाबेदार रहन सक्ने क्रिकेट प्रेमिको बुझाई रहेको छ ।

यो ४ वटै टिमबाट कैलाली र कञ्चनपुर क्षेत्रका क्षेत्रिय स्तरका खेलाडी सहभागिता जनाउने छन । प्रतियोगिता सफल पार्नका लागि भुवन स्टेशनरि स्टोर, श्रृष्टि पुस्तक पसल, ज्ञानकुञ्ज कमप्युटर सेन्टर मंगलसेन, पुष्प किराना पसल, सुरेश किराना पसल र जनज्योति बोडीग स्कुल ओलिगाउले सह प्रायोजकको भुमिका निर्वाह गरि रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य