बैशाख २५, जुम्ला | यहाँका तीन ठूला दलले चन्दननाथ नगरपालिकालाई ‘सुन्दर सपनाको सहर’ बनाउने महत्वाकाङ्क्षी प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेपाली काँग्रेस, न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २५, जुम्ला | यहाँका तीन ठूला दलले चन्दननाथ नगरपालिकालाई ‘सुन्दर सपनाको सहर’ बनाउने महत्वाकाङ्क्षी प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेपाली काँग्रेस, न"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

चन्दननाथलाई ‘सपनाको सहर’ बनाउने महत्वाकाङ्क्षी प्रतिबद्धता

२५ बैशाख २०७४, सोमबार ०६:२२


बैशाख २५, जुम्ला | यहाँका तीन ठूला दलले चन्दननाथ नगरपालिकालाई ‘सुन्दर सपनाको सहर’ बनाउने महत्वाकाङ्क्षी प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले यस्तो प्रतिबद्धता गरेका हुन् । नेपाली काँग्रेसले जुम्लालाई ६ नं प्रदेशको ‘वैकल्पिक राजधानी’ बनाउने, पाँच वर्षीय अल्पकालीन र २० वर्षीय दीर्घकालीन योजना बनाएर चन्दननाथलाई ‘स्मार्ट सिटी’ निर्माण गर्ने र स्वदेश तथा विदेशका नगरपालिकासँग यसको भगिनी सम्बन्ध कायम गर्ने योजना प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । 

मुगुको राराताल र खस भाषाको उद्गमस्थल सिंजा उपत्यका जाने आन्तरिक तथा बाह्य पर्यटकका लागि चन्दननाथलाई ‘हब’ को रुपमा विकास गर्ने, चौबिसै घन्टा उज्यालो, स्वच्छ–सुन्दर, हराभरा एवम् समृद्ध सहर बनाउने र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धावक हरिबहादुर रोकायको नाममा ‘हरिबहादुर म्याराथुन’ मार्गको निर्माण गर्ने योजना रहेको काँग्रेसका नगरप्रमुखका उम्मेदवार कान्तिका सेजुवालले बताउनुभयो । 

नेकपा (एमाले)ले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहितको प्रतिबद्धता पत्र जारी गरेको छ । अल्पकालीन योजनामा टाउन प्लानिङ, फोहरमैलाको वैज्ञानिक व्यवस्थापन, हाई अल्टिच्युड टे«निङ सेन्टरको निर्माण सुरुवात गर्ने जनाएको छ । त्यस्तै, मध्यकालीन योजनामा चन्दननाथलाई पाँच वर्षभित्र सबै कुराले सम्पन्न ‘स्मार्ट सिटी’ बनाउने, एमबीबिएस, बिपिएच, बिएस्सी नर्सिङ र बिएन तहको अध्ययन अध्यापन प्रारम्भ गर्न पहल गर्ने बताएको छ । 

धौलीगाड बहुउद्देश्यीय खानेपानी योजना, जुम्लालाई उड्डयन द्वार, एक घर एक रोजगारी, ४० प्रतिशतले स्याउ उत्पादनमा वृद्धि गर्ने योजना रहेको नेकपा (एमाले) नगरप्रमुखका उम्मेदवार शान्तिलाल महतले बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र)ले चन्दननाथ नगरपालिकालाई दुई वर्षभित्र नगर पर्यटक रिङरोड, सामुदायिक लाइब्रेरी, मनोरञ्जन पार्क, उज्यालो नगर, नगर आर्थिक विशेष कोष, विद्युत्युक्त उज्यालो सहरसहितको हिमाली जिल्लाको ‘नमुना सहर’ बनाउने योजना घोषणा गरेको छ । 

रारा जोड्ने सडक निर्माण, राष्ट्रियस्तरको रङ्गशाला, हाई अल्टिच्युड ट्रेनिङ सेन्टर, स्वच्छ एवम् वातावरणमैत्री नगरका लागि शुद्ध पानी उपलब्ध गर्न ‘एक घर, एक धारोसहित चर्पी, पर्यटकीय केन्द्र र नगर खस सङ्ग्रहालय निर्माण गर्ने योजना रहेको नगरप्रमुख अशोककुमार श्रेष्ठले जनाउनुभयो । 

त्यसैगरी, १५ वर्षमा नगर मेट्रो रेल सेवा, सुरुङमार्ग निर्माण, नगरवासीलाई रु पाँच हजारसम्मको निःशुल्क उपचार खर्च, सञ्चार क्षेत्रलाई नगर व्यवस्था सञ्चालनको प्रमुख अङ्ग, सरकारी तथा प्राइभेट बोर्डिङमा समानस्तरको शिक्षा र निर्यातमुखी उत्पादनमा वृद्धि, उर्बर भूमिलाई ‘विशेष कृषि क्षेत्र घोषणा’ गर्ने योजना रहेको मओवादी केन्द्रले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य