बैशाख २५, जुम्ला | यहाँका तीन ठूला दलले चन्दननाथ नगरपालिकालाई ‘सुन्दर सपनाको सहर’ बनाउने महत्वाकाङ्क्षी प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेपाली काँग्रेस, न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २५, जुम्ला | यहाँका तीन ठूला दलले चन्दननाथ नगरपालिकालाई ‘सुन्दर सपनाको सहर’ बनाउने महत्वाकाङ्क्षी प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेपाली काँग्रेस, न"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

चन्दननाथलाई ‘सपनाको सहर’ बनाउने महत्वाकाङ्क्षी प्रतिबद्धता

२०७४, २५ बैशाख सोमबार ०६:२२


बैशाख २५, जुम्ला | यहाँका तीन ठूला दलले चन्दननाथ नगरपालिकालाई ‘सुन्दर सपनाको सहर’ बनाउने महत्वाकाङ्क्षी प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले यस्तो प्रतिबद्धता गरेका हुन् । नेपाली काँग्रेसले जुम्लालाई ६ नं प्रदेशको ‘वैकल्पिक राजधानी’ बनाउने, पाँच वर्षीय अल्पकालीन र २० वर्षीय दीर्घकालीन योजना बनाएर चन्दननाथलाई ‘स्मार्ट सिटी’ निर्माण गर्ने र स्वदेश तथा विदेशका नगरपालिकासँग यसको भगिनी सम्बन्ध कायम गर्ने योजना प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । 

मुगुको राराताल र खस भाषाको उद्गमस्थल सिंजा उपत्यका जाने आन्तरिक तथा बाह्य पर्यटकका लागि चन्दननाथलाई ‘हब’ को रुपमा विकास गर्ने, चौबिसै घन्टा उज्यालो, स्वच्छ–सुन्दर, हराभरा एवम् समृद्ध सहर बनाउने र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धावक हरिबहादुर रोकायको नाममा ‘हरिबहादुर म्याराथुन’ मार्गको निर्माण गर्ने योजना रहेको काँग्रेसका नगरप्रमुखका उम्मेदवार कान्तिका सेजुवालले बताउनुभयो । 

नेकपा (एमाले)ले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहितको प्रतिबद्धता पत्र जारी गरेको छ । अल्पकालीन योजनामा टाउन प्लानिङ, फोहरमैलाको वैज्ञानिक व्यवस्थापन, हाई अल्टिच्युड टे«निङ सेन्टरको निर्माण सुरुवात गर्ने जनाएको छ । त्यस्तै, मध्यकालीन योजनामा चन्दननाथलाई पाँच वर्षभित्र सबै कुराले सम्पन्न ‘स्मार्ट सिटी’ बनाउने, एमबीबिएस, बिपिएच, बिएस्सी नर्सिङ र बिएन तहको अध्ययन अध्यापन प्रारम्भ गर्न पहल गर्ने बताएको छ । 

धौलीगाड बहुउद्देश्यीय खानेपानी योजना, जुम्लालाई उड्डयन द्वार, एक घर एक रोजगारी, ४० प्रतिशतले स्याउ उत्पादनमा वृद्धि गर्ने योजना रहेको नेकपा (एमाले) नगरप्रमुखका उम्मेदवार शान्तिलाल महतले बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र)ले चन्दननाथ नगरपालिकालाई दुई वर्षभित्र नगर पर्यटक रिङरोड, सामुदायिक लाइब्रेरी, मनोरञ्जन पार्क, उज्यालो नगर, नगर आर्थिक विशेष कोष, विद्युत्युक्त उज्यालो सहरसहितको हिमाली जिल्लाको ‘नमुना सहर’ बनाउने योजना घोषणा गरेको छ । 

रारा जोड्ने सडक निर्माण, राष्ट्रियस्तरको रङ्गशाला, हाई अल्टिच्युड ट्रेनिङ सेन्टर, स्वच्छ एवम् वातावरणमैत्री नगरका लागि शुद्ध पानी उपलब्ध गर्न ‘एक घर, एक धारोसहित चर्पी, पर्यटकीय केन्द्र र नगर खस सङ्ग्रहालय निर्माण गर्ने योजना रहेको नगरप्रमुख अशोककुमार श्रेष्ठले जनाउनुभयो । 

त्यसैगरी, १५ वर्षमा नगर मेट्रो रेल सेवा, सुरुङमार्ग निर्माण, नगरवासीलाई रु पाँच हजारसम्मको निःशुल्क उपचार खर्च, सञ्चार क्षेत्रलाई नगर व्यवस्था सञ्चालनको प्रमुख अङ्ग, सरकारी तथा प्राइभेट बोर्डिङमा समानस्तरको शिक्षा र निर्यातमुखी उत्पादनमा वृद्धि, उर्बर भूमिलाई ‘विशेष कृषि क्षेत्र घोषणा’ गर्ने योजना रहेको मओवादी केन्द्रले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित