वैशाख २६, काठमाडौं । गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि बढाएको भन्दै तिनलाई तत्काल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २६, काठमाडौं । गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि बढाएको भन्दै तिनलाई तत्काल "/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवका कार्यकर्ता भेट्नासाथ समात्नू: गृह मन्त्रालय

२६ बैशाख २०७४, मंगलवार ०२:००

वैशाख २६, काठमाडौं । गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि बढाएको भन्दै तिनलाई तत्काल पक्राउ गरी सार्वजनिक मुद्दा चलाउन सुरक्षा निकायलाई सर्कुलर गरेको छ ।

निर्वाचन बिथोल्ने उद्देश्यले उच्छृंखल र आपराधिक गतिविधि बढाएपछि गृह मन्त्रालयले विप्लवका कार्यकर्ता खोजी गरी पक्राउ गर्न सुरक्षा निकायलाई सर्कुलर गरेको हो । 

आगामी आइतबार ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा हुने स्थानीय तह निर्वाचन बिथोल्ने उद्देश्यले अभियान तीव्र पारेपछि गृहले विप्लवका कार्यकर्ता पहिचान गरी पक्राउ गर्न सुरक्षा निकायलाई दिर्नेशन दिएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयले सोमबारसम्ममा निर्वाचन बिथोल्ने अभियानमा लागेका १ सय ८ जनालाई सार्वजनिक मुद्दा चलाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले निर्वाचन बिथोल्ने अभियानमा लागेका विप्लवका कार्यकर्तामाथि कडा निगरानी गरिएको बताउनुभयो । ‘निर्वाचन बिथोल्ने जोकोहीमाथि सार्वजनिक मुद्दा लगाउँछौं’, प्रवक्ता पन्थीले भन्नुभयो, ‘विप्लवका कार्यकर्ता पहिचान गरी तत्काल पक्राउ गर्न गृह मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ ।’

प्रवक्ता पन्थीले गृह मन्त्रालयले उम्मेदवार र मतदाताको पूर्ण सुरक्षा व्यवस्था मिलाएको जानकारी दिनुभयो । गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई विप्लवका कार्यकर्ताको गतिविधिमाथि निगरानी बढाउनुका साथै उम्मेदवार र मतदाताको सुरक्षामा विशेष ध्यान पुर्‍याउन निर्देशन दिएको छ । गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लवका कार्यकर्ताको घुसपैठ भएको हुनसक्ने भन्दै चनाखो रहन सुरक्षा निकायलाई सचेत गराएको छ ।

गृहले निर्वाचन बिथोल्ने जोकोहीलाई पक्राउ गरी तत्काल सार्वजनिक मुद्दा चलाउन निर्देशन दिएको हो । निर्वाचन बिथोल्ने अभियान घोषणा गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले उम्मेदवार र मतदातालाई धम्क्याउने, आतंकित बनाउने उद्देश्यले सार्वजनिक स्थलमा विस्फोटक पदार्थ राख्ने, राजनीतिक दलले आयोजना गरेको चुनावी सभा बिथोल्ने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाई तत्काल पक्राउ गर्न भनेको हो । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की