Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैतडीमा एकजना मृत अवस्थामा भेटिए

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख २६, बैतडी ।</b> बैतडीको दुगडाकेदार–३ श्रीकोटमा आज बिहान एकजना मृत अवस्थामा फेला परेका छन् ।&nbsp;<br></p><p>मृत अवस्थामा फेला पर्नेमा सोही ठाउँका ५८ वर्षीय डम्बरबहादुर चन्द रहेका खोचलेक प्रहरी चौकीका इन्चार्ज हरिसिंह धामीले जानकारी दिनुभयो ।&nbsp;</p><p>सोमबार साँझ स्थानीय खोचलेक बजार आएका चन्द साँझ घर नफर्केपछि आज बिहान मृत अवस्थामा फेला परेका हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस&nbsp;</p>