२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल कम्युनिस्ट पार्टीका २१ जना कार्यकर्ता पक्राउ

२६ बैशाख २०७४, मंगलवार ०८:१०

बैशाख २६, चितवन । निर्वाचन विरोधी गतिविधिमा सक्रिय नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न मितिमा नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सो पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल शिक्षक सङ्गठन चितवनका अध्यक्ष कृष्णबहादुर परियार, अखिल नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष विष्णु कोइरालालगायतका नेता कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये नौ जना नेकपाले गठन गरेको सैन्य दस्ताका रहेको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । 

एक साताअघिदेखि निर्वाचन विरोधी गतिविधिमा सो पार्टी सक्रिय भएसँगै प्रहरीले नियन्त्रणलाई तीव्रता दिएको छ । सो पार्टीले ठाउँ ठाउँमा पेट्रोल बम प्रहार गर्नाका साथै निर्वाचन विरोधी गतिविधि बढेसँगै सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । 

जिल्लाका संवेदनशील स्थल र सहरी क्षेत्रका चोक चोकमा प्रहरी तैनाथी बढाइएको छ । उपरीक्षक थापाका अनुसार तीन हजार दुई सय नेपाल प्रहरी र एक हजार दुईं सय ५५ म्यादी प्रहरी परिचालन गरिएको छ । जिल्लालाई १० मुख्य क्षेत्रका रुपमा विभाजन गरेर सुरक्षा मजबुत गराइएको बताइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की