मोहम्मद ईजहार शेष/बैशाष २६ , नवलपरासी । नवलपरासीका सरावल गाँउपालिका स्थित ( साविक बडहरा दुबौलिया १) मा निर्माणधिन रहेको झरही खोलको पुल समयमा निर्माण न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 मोहम्मद ईजहार शेष/बैशाष २६ , नवलपरासी । नवलपरासीका सरावल गाँउपालिका स्थित ( साविक बडहरा दुबौलिया १) मा निर्माणधिन रहेको झरही खोलको पुल समयमा निर्माण न"/>

2026-09-19 06:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमा सिलान्यास भएकोआठ वर्षसम्म बनेन पुल, के भन्छन स्थानीय ?


 मोहम्मद ईजहार शेष/बैशाष २६ , नवलपरासी । नवलपरासीका सरावल गाँउपालिका स्थित ( साविक बडहरा दुबौलिया १) मा निर्माणधिन रहेको झरही खोलको पुल समयमा निर्माण नहुँदा स्थानीयहरु सास्ती खेपेका छन् । 

३ सालमा निर्माण कार्य सकिने भनिएको पुल आठ वर्ष पुग्न लाग्दा पनि निर्माण सम्पन्न नहुदा सो क्षेत्रका मानिषहरुलाई नदि पार गर्न समस्या भएको छ ।

भुतहादेखि महेशपुर जोडने सडकखण्डमा पर्ने उक्त पुलको वि.स. २०६६ सालमा तत्कालिन भौतिक योजना तथा निर्माणमन्त्री एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले सिलान्यास गर्नु भएको थियो । 

२५ मिटर लम्बाई र ७ मिटर चौडाई आकारको पुल निर्माणका लागि बिल्डर्स कन्सटक्सन कम्पनीलाई ७ करोड ८० लाख रुपैयामा ३ साल भित्र निर्माण सम्पन्न गर्ने  ठेक्का भएपनि निर्माण कार्य पुरा हुन सकेका छैन । 

सुरुमा शितल कन्सट्रक्सन कम्पनीलाई ठेक्क दिईएको तर निर्माण कार्यमा ढिलाई गरेकाले अहिले बिलडर्स कम्पनीले काम गरीरहेपनि कुन गति देख्न सकिएको छैन । ३ वर्षमा निर्माण हुने पुलको अहिलेसम्म करीब ५० प्रतिशत काम मात्र पुरा भएको पुल निर्माणमा खटिएका ईन्जिनियर ग्रिधर शर्माले बताउनु भयो ।

सुरुमा निर्माण कामको जिम्मा लिएको शितल कन्सट्रक्सन  कम्पनिले कहिले भुकम्पको नाममा त कहिले नाकाबन्दी र बिभिन्न आम हडतालको नाममा बहानाबाजी गर्दै निर्माण कार्यमा ढिलासुस्ती गर्दै आएको थियो । उ

क्त कम्पनीले काम  गर्दा सो क्षेत्रका बिभिन्न पसलहरुवाट उधारमो निर्माण समाग्रिहरु लिएको र धेरै दिनसम्म भुक्तानी नगरकाले साहुहरु त्यँहा राखिएको मिक्सचर , छड , ट्रेक्टर र अन्य निर्माण समाग्रिहरु जफत गरेका थिए । जस्का कारण निर्माण कार्य करिब २० महिना सम्म अलपत्र परेको थियो । 

अहिले काम गरीरहेको बिल्डर्स कम्पनी भैरहंवाका सञ्चालक बिष्णु शर्माले असाढ मसान्त सम्म ८० प्रतिशत काम पुरा गर्ने किसिमले काम भईरहेको बताउनु भयो । ६ वटा पिलर रहेको उक्त पुलमा अहिले बिचकै पिलर ढलान गरी फिक्स गर्न सकिएको छैन ।

 के भन्छन् स्थानीय ?


 १) आलमगिर खान: खान नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघ नवलपरासीका सचिव एंव सोही ठाँउका एक स्थानीय युवा हुन् । खान भन्छन् ,  पुल निर्माण नहँुदा सो बाटो बाट यात्रा गर्न धेरै समस्या भएको छ । सायद यो राजनितिक खिचातानीका कारण नै अहिलेसम्म बन्न नसकेको मलाई लाग्छ , पुल निर्माण पुर्व रक्षा राज्यमन्त्री रामबचन यादवकै पहलमा भएको हो तर अहिले बदलिदो राजनितिका कारण बिभिन्न नेता निकट ठेकदारहरुले ठेक्का पाँउछन् र फेरी सरकार फेरिन्छ र बिभिन्न बहानामा बिकास निर्माण कार्य प्रभावित हुन्छ । तर अबसम्म जे भयो अब त निर्माण कार्यलाई तिब्रता दिई समयमा पुल निर्माण सम्पन्न भए स्थानीय सर्वसाधरणहरुलाई राहत हुने थियो । छिट्टो निर्माण कार्य सम्पन्न गराउन म आग्रह गर्दछु । साथै खानले सो बाटोमा पुल नहुंदा बर्दघाटवाट महेशपुर सञ्चालन हुने यातायात समेत सञ्चालन हुन नसकेको दुखेसो पोखे ।

 २) अकबर खान: अकबर एक समाजसेवी एंव यातायात ब्यसायि हुन् । उनले भने , ू यो पुर्व मन्त्री ,गृहराज्य मन्त्री , रक्षा राज्य मन्त्री , अत्याधिक मतले बिजयि भएका सांसद र धेरै स्थानीय नेता भएको यो क्षेत्र हो , झरही खोलाको पुल ८ वर्षवाट अलपत्र छ , मलाई लाग्छ यँहाका नेताहरुले ध्यान नदिएकै हो , कम्तीमा अब त ध्यान दिनु पर्याे नेता ज्युहरुले  । ’’ 

३) साबिर शेष: शेष एक ब्यापारी हुन् । लाखौं मान्छेको आवतजावत रहेको भारतीय बजार ठुठिबारीमा शेषपनि सोही वाटो भएर दैनिक कम्तीमा दुई चोटी जानु हुन्छ । उनले भने,  हामीलाई सबैभन्दा समस्या भनेको नदिमै हुन्छ , नदिमा बाटोपनि खराब , बर्षाको मौषममा हामी जस्ता हजारौं ब्यापारीलाई खत्तरा मोलेर भएपनि जोखिम डुङ्गा यात्रा गर्नु गर्नुपर्छ ,जिवन निर्वाह गर्नका लागि त ब्यपार गर्नै पर्याे  ” ।

३) अब्दुल रज्जाक:  रज्जाक ब्याचरमा पढ्ने विद्यार्थि हुन् । उनि भन्छन् ,  कक्षा ५ मा पढ्दानै त्यो पुलको शिलान्याश भएको अझै याद छ , ब्याचलरमा पुगे अहिलेपनि करीब ५० प्रतिशत मात्रै निर्माण भएको देख्छु , सानो छदा बर्षातमा  जोखिम डुङ्गा यात्रा गरेर पढ्न जान्थे र अहिलेपनि जोखिम नै मोलेर हजारौं बालबालिका अध्ययन तथा अन्य कार्यका लागि डुङ्गावाट जानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो