Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भक्तपुरमा पहिलोपटक जापानी प्रविधिमा प्रदूषणरहित इँटा उत्पादन सुरु

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बैशाख २६, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका बागेश्वरीमा जापानी प्रविधिमा नेपालमै पहिलोपटक प्रदूषणरहित इँटा उत्पादन सुरु भएको छ ।

नेपालका लागि जापानी राजदूत मासासी ओगावाले इँटा उत्पादन गर्ने उद्योग ‘सुपर इको ब्रिक इनोभेसन’को उद्घाटन गर्नुभयो ।

कार्यक्रममा राजदूत ओगावाले नेपालमा पहिलोपटक पोल्न नपर्ने इँटा उत्पादन सुरु गरेको बताउँदै यसले वातावरण प्रदूषण नहुने र वातावरण सन्तुलनमा भूमिका निर्वाह गर्ने बताउनुभयो । यस कम्पनीले उत्पादन गरेको इँटा भवन निर्माणका लागि भरपर्दो रहेको बताउँदै जापानमा लोकप्रिय भइरहेको यो प्रविधि बङ्गलादेशमा पनि सुरु भएको बताउनुभयो ।

यो इँटा उत्पादनले दुई वर्षअघि महाभूकम्पका कारण क्षति भएको घरको पुनर्निर्माणका लागि सहयोग पुग्ने बताउँदै उहाँले नेपालमा यो प्रविधिले इँटा उत्पादन सुखद मात्रै नभई यसले नेपाल र जापानको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभयो । कार्यक्रममा जापानको प्रख्यात कम्पनी इकेन प्रालिका अध्यक्ष हिडियाकी हाचियाले बुद्धको देशमा लगानी गर्न पाउँदा आफूहरु गौरवान्वित भएको बताउनुभयो ।

रसायन प्रयोग गरेर इँटा उत्पादन गर्ने विश्वकै पहिलो उद्योग यही रहेको चर्चा गर्दै उहाँले यो इँटा उत्पादनले सरकारले वायु प्रदूषणमा नियन्त्रणमा गरिरहेको लगानीसमेत कटौती हुने दाबी गर्नुभयो । उपत्यकामा रहेका इँटाभट्टाले यहाँ ३५ प्रतिशत वायु प्रदूषण गरिरहेको बताउँदै वातावरणमैत्री उद्योग स्थापनाले सामाजिक उत्तरदायित्वसमेत पूरा गर्ने बताउनुभयो ।

कार्यक्रममा उद्योगमा प्रबन्ध निर्देशक सुनिल लोहियाले रु २० करोडको लगानीमा सुरु भएको उद्योगले दैनिक एक लाखवटा इँटा उत्पादन गर्ने क्षमता रहेको बताउनुभयो । यहाँको १०० रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले २०० जनालाई रोजगारी दिएको बताउँदै यो इँटाले प्लास्टर र रङ्गको प्रयोग गर्नु नपर्ने र पानीसमेत नरसाउने बताउनुभयो ।

त्यस अवसरमा उद्योगका अध्यक्ष प्रकाश गिरीले उद्योगबाट उत्पादन हुने प्रत्येक इँटाको मूल्यबाट प्रतिइँटा १० पैसाका दरले रकम सङ्कलन गरी स्थानीयवासीको स्वास्थ्य र शिक्षामा खर्च गरिने बताउनुभयो । उहाँले समुदायको स्वास्थ्यमा संवेदनशील भएर प्रदूषणरहित इँटा उत्पादन सुरु गरेको बताउँदै उहाँले सरकारले गर्नुपर्ने वातावरण संरक्षणको दायित्वमा यस उद्योगले पनि टेवा पु¥याएको बताउनुभयो । यो उद्योग इकेन प्रालि र नेपालका पाँच उद्योगपतिको संयुक्त लगानीमा सञ्चालनमा ल्याएको हो । रासस