२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा चट्याङले हानेर ३ को मृत्यु, आधा दर्जन घाईते

२०७४, २६ बैशाख मंगलवार १५:०९

अजयकुमार साह | बैशाख २६, उदयपुर । जिल्लाको विभिन्न स्थानमा गरी आज विहान चट्याङ परेर तिन जनाको ज्यान गएको छ ।

चट्याङ परेर मृत्यु हुनेमा जिल्लाको उत्तरी गाविस जाँते ४, डान्सीङटारका स्थानिय पदमबहादुर विकको ११ बर्षिय छोरी तुलसा विकको मृत्यु भएको छ भने थप मृत्यु हुनेमा कटारी नगरपालिका ११ हर्देनीका ४७ बर्षिय भेषराज खत्री र सोही वडामा पर्ने गहुँवारीका अन्दाजी ५१ बर्षिय बलबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ओम रानाले बताए ।

उनीहरु घरमै बसिरहेको अवस्थामा चट्याङ्ले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा बुवा आमा र बहिनी सँग बसिरहेको अवस्थामा आज विहान करिब ७ बजे चट्याङ लागेर ११ बर्षिय विकको मृत्यु भएको स्थानिय शिक्षक मोहन कार्कीले बताउनुभयो ।

चट्याङ लागेर मृतक बालिकाको आमा अहिले पनि बेहोस अवस्थामा छिन भने विककी बहिनीको केही बेर अगाडी होस खुलेको शिक्षक कार्कीले बताउनुभयो । चट्याङ लागेकी बालिकालाई जाँते स्थित स्वास्थ्य चौकी लैजादै गर्दा बाटोमै मृत्यु भएको जनाईएकोछ । मृतक विक स्थानिय महेन्द्र प्राथमिक विद्यालय ढुकुरथुममा कक्षा ३ मा अध्ययनरत थिईन ।

यता चट्याङ लागेर बेलका नगरपालिकाका ३ जना घाइते भएका छन् । बेनपा ४ का अन्दाजी २४ बर्षिय सरिता अधिकारी, बेनपा ५ का अन्दाजी ४० बर्षिय जयकुमार राई र सोही ठाउँका अन्दाजी १५ बर्षिय प्रविन राई घाइते भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्शिलाका इन्चार्ज प्रहरी निरीक्षक सुवास राईले जानकारी दिए । घाइतेहरुलाई प्रहरीले उद्धार गरी धरानस्थित विपि कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । घाइते मध्ये प्रविनको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ । त्यसैगरी कटारीमा एक र त्रियुगा नगरपालिकामा एक जना सामान्य घाइते रहेको जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले