Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

ट्रक दुर्घटनाका घाइतेको मृत्यु

By kit

बैशाख २७, चितवन । पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा ट्रक खस्दा घाइते भएका दुई जनामध्ये एकको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा हेटाँैडा उपमहानगरपालिका–१४ का अन्दाजी २० वर्षीय सुरज श्रेष्ठ रहेका छन् । सोही ठाउँ घर भएका घाइते २१ वर्षीय सोनाम लामाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडाँैबाट हेटाँैडातर्फ जान आउँदै गरेको ना ५ ख ९९४६ नम्बरको ट्रक आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–४ लेवाटारमा दुर्घटना भएको थियो । ट्रक खस्दै गर्दा झरेर भागेका चालक अझै फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ट्रकमा अन्य व्यक्ति भने नभएको जनाइएको छ । त्रिशूलीमा खसेको ट्रक अझै निकाल्न सकिएको छैन । रासस