२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका नगरपालिका र गाँउपालिकामा कँहा कति मतदाता ?

२०७४, २९ बैशाख शुक्रबार १०:५८

नन्दराम जैशी/बैशाख २९, जुम्ला । स्थानिय तहको निर्वाचनमा जुम्लामा चन्दननाथ नगरपालिकाबाट सबैभन्दा बढि र गोठिचौर गाँउपालिकाबाट सबैभन्दा कम मतदाताहरुले मतदान गर्ने भएका छन् । 

यहि बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन आउन अब १ दिन मात्र बाँकि छँदा मतदाताहरु पनि सो दिनको पर्खाइमा मतदान गर्न आतुर छन् । भने आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान पनि गर्न पाउनेछन् । 

करीब १ लाख २० हजार बढि जनसंख्या रहेको जुम्लामा जम्मा ५४ हजार ६ सय ७७ जना मतदाताले मतदान गर्ने भएका हुन् । निर्वाचन नजिकिदै जाँदा मौन अवधिमा राजनितिक दल तथा उम्मेदवारहरुले जुम्लाका हरेक गाँउपालिकामा रहेका मतदाताहरुको संख्यालाइ केलाउदै आ आफ्नो पक्षमा जित सुनिश्चीत रहेको दावि गरीरहेका छन् । 

यस पटकको निर्वाचनमा जुम्लाको चन्दननाथ नगरपालिकाबाट सबैभन्दा बढि र गोठिचौर गाँउपालिकाबाट सबैभन्दा कम मतदाताहरुले मतदान गर्ने भएका छन् । जसमा सबैभन्दा बढि मतदाता संख्या रहेको नगरपालिकाबाट ९ हजार ६ सय ९२ जनाले मतदान गर्ने भएका छन् भने सबैभन्दा कम मतदाता संख्या रहेको गोठिचौर गाँउपालिकाबाट ४ हजार ८ सय २३ जानाले मतदान गर्र्नेछन् । बढि मतदाता संख्याको हिसाबमा दोस्रो स्थानमा रहेको कनकासुनदरी गाँउपालिकामा ७ हजार ८ सय ८१ मतदाता रहेका छन् । 

यता तेस्रो स्थानमा रहेको तातोपानि गाँउपालिकामा ७ हजार ४ सय ९८ जना मतदाताको संख्या रहेको छ । त्यस्तै पातारासि गाँउपालिकामा ६ हजार ९ सय ७२, तिला गाँउपालिकामा ६ हजार ७ सय ११, सिंजा गाँउपालिकामा ६ हजार ३ सय ९० र हिमा गाँउपालिकामा ५ हजार १ सय ६० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाकारी दिएको छ । 

कार्यालयका अनुसार २८ हजार ५ सय ५९ जना पुरुष मतदाता र २६ हजार १ सय १८ जना महिला मतदाता गरी जम्मा ५४ हजार ६ सय ७७ जना मतदाताले निर्वाचनमा मतदान गर्ने भएका छन् ।       

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी