Skip to content
Friday, July 17, 2026 Nepali Online Media

होटल, रेस्टुराँ र दोहोरीसाँझ बन्द गर्न अपिल

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख ३०, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै जिल्लाका होटल, रेस्टुराँ तथा दोहोरी साँझ राति ८ बजेदेखि बिहान ६ बजेसम्म बन्द गर्न सार्वजनिक अपिल गरेको छ ।

रात्रिकालीन समयमा मापसे गरेर होहल्ला गर्ने प्रवृति रोक्न, अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा सार्वजनिक सुरक्षामा असर पार्ने गतिविधि हुन नदिन यसरी सार्वजनिक अपिल गरेको चिवतनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले आज जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचन २०७४ का सन्दर्भमा शान्तिसुरक्षा प्रदान गरी भयरहित वातावरणमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित तवरबाट निर्वाचन सम्पन्न गर्न गराउन यस्तो अपिल गरिएको हो ।

निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ को परिच्छेद २ को ५ ‘घ’ बमोजिम मौनअवधिमा पालना गर्नुपर्ने आचरण र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम भेला जम्मा हुन र भेलाजम्मा भई हिँडडुल गर्न नपाइने भएकाले शान्ति सुरक्षाका लागि यस्तो आग्रह गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक दीपक थापाले जिल्लामा शान्ति सुरक्षा कडा पारिएको भन्दै मतदान केन्द्रको ५०० मिटर वरपर मदिरा निषेध गरी कडा सुरक्षा प्रदान गरिएको जानकारी दिनुभयो । यसका लागि जिल्लामा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो । रासस