बैशाख ३०, काठमाडौं । गृहसचिव लोकदर्शन रेग्मीले भोलि हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र मतदाताहरुको सम्पूर्ण सुरक्षाको प्रत्याभुति गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ३०, काठमाडौं । गृहसचिव लोकदर्शन रेग्मीले भोलि हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र मतदाताहरुको सम्पूर्ण सुरक्षाको प्रत्याभुति गर"/>
2026-07-26 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहसचिवले भने- ‘चुनाव बिथोल्ने दिवा सपना नदेखे हुन्छ’

बैशाख ३०, काठमाडौं । गृहसचिव लोकदर्शन रेग्मीले भोलि हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र मतदाताहरुको सम्पूर्ण सुरक्षाको प्रत्याभुति गरेको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव रेग्मीले भने,‘सरकारले सुरक्षाको सम्पूर्ण प्रत्याभुति गरिसकेको छ, हामीले यो चुनावको लागि तीन तहको बलियो घेरामा सुरक्षाको प्रबन्ध मिलाएका छौं, कुनैपनि अप्रिय घट्ना नहोस् भनेर गृह प्रशासन निकै गम्भिरताका साथ रातदिन नभनी काम गरिरहेको छ ।’

सचिव रेग्मीले निर्वाचन लक्षित गरेर केन्द्रिय, क्षेत्रिय र स्थानीय सुरक्षा योजना अन्र्तगर्त नै गृह प्रशासनले काम गरिरहेको उल्लेख गर्दै भने,‘तीन घेरामा सुरक्षा निकायहरुलाई घटाईनेछ, पहिलो घेरामा नेपाली प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुशन्धानलाई राखिएको छ भने टाढा बसेर सुरक्षाको निगरानीमा नेपाली सेनालाई राखिनेछ।’ उनले देशैभरि नै सरकारले बलियो सुरक्षा कबजभित्र राखेको स्पष्ट समेत पारे ।

उनले निर्वाचनको लागि नै सरकारले यो मतदान स्थल, मतदान केन्द्रमा पनि विभिन्न क्लष्टर बनाएको जानकारी दिए । उक्त क्लष्टरका अनुसार नेपाल प्रहरीको मोवाई टिम, सशस्त्रको मोबाईल टिम, त्यसैगरि नेपाल प्रहरीको स्टा«ईक टिम र सशस्त्र प्रहरीको स्ट्राईक टिम खटाईने सरकारको निर्णय छ । त्यस्तै नेपाली सेनाले स्थलगत निरिक्षण गर्ने र अतिसंवेदनशिल स्थानहरुमा हवाईजहाजमार्फत नेपाली सेनलाई खटाउने सचिव रेग्मीले जनाए । निर्वाचनमा पुरै देशभरि नै सुरक्षाको बलियो सञ्जाल सरकारले बनाएको समेत विश्वास दिलाए ।

उनले निर्वाचन विथोल्ने भनेर चेतावनी दिएपछि गृह प्रशासनले यसबारेमा व्यापक निगरानी बढाएर विभिन्न कारवाही बढाएपछि अहिले त्यस्ता घट्नाक्रमहरु पनि न्युन देखिएको स्पष्ट पारे । उनले भने,‘निर्वाचन विथोल्ने अनुमान देखिएपछि हामीले यसमा व्यापक निगरानी बढाएका थियौं, अहिले त्यस्तै घट्नाहरु अत्यन्तै न्यून देखिएका छन्।’ यद्धपी उनले यो बीचमा राजनीतिक मुठभेडका कारण दोलखामा दुःखद् घट्ना घटेकोमा भने दुःख व्यक्त गरे ।

उनले नागरिक समाज, प्रवुद्ध व्यक्तिहरु, मिडिया र सचेत नागरिकको निरन्तरको सहयोग, सद्भाव र समर्थनले गर्दा गृह प्रशासनले सफलता पाईरहेको समेत विश्वास व्यक्त गरे । उनले सुरक्षा योजनामा मतदाताहरुले मत हाल्ने आउनेदेखि लिएर मत हालेर घर फर्किउनजेलसम्म पनि सुरक्षाको बलियो व्यवस्था मिलाएको बताए । उनले भने,‘पैदलमार्गमा नेपाली सेनाले गस्ती गरिरहेको हुनेछ, मत हाल्न आउनेदेखि लिएर घर फर्किउनजेलसम्म सरकारले बलियो सुरक्षाको प्रवन्ध गरेको छ।’

 सरकारले बलियोभन्दा बलियो सुरक्षाको प्रबन्ध गरिसकेकोले निर्वाचन भाँड्ने मनशाय र योजनामा कोही भए तत्काल त्यस्तो बदनियतपूर्ण र गलत सोच भएकाहरुलाई उक्त सोच त्यागेर निर्वाचनमा भाग लिनको लागि आग्रह समेत गरे ।

उनले भने,‘यो निर्वाचन महायज्ञ हो, भोट हाल्नको लागि सबै सरिक हुनुपर्छ, हाम्रो आग्रह छ, निर्वाचन विथाल्ने सोच्नुभएको छ भने यो भ्रम त्याग्नुहोस्।’ उनले निर्वाचन विथोल्न खोज्नेहरुलाई र यस्ता गतिविधिमा संलग्न भएकाहरुलाई सरकारले कारबाही गरिरहेको समेत स्पष्ट पारे । उनले भने,‘निर्वाचन विथाल्नेहरुलाई सरकारले कारबाही गरिसकेको छ, फेरि पनि विथोल्न खोज्नेहरुलाई हामी कडाभन्दा कडा कारबाही गर्छौं, उनीहरुलाई हामी हदैसम्मको कारबाही गर्छौं, त्यसैले दिवा सपना नदेखे हुन्छ।’

त्यस्तै उनले यो बीचमा निर्वाचन विथोल्ने मनशायले केही कायर र गलत मानसिकता बोकेका तत्वहरुले घट्नाहरु घटाउन खोजिरहेकोप्रति आफूहरु पूर्ण सचेत रहेको समेत स्पष्ट पारे । उनले थपे,‘केही घट्नाहरु टायरभित्र प्रेसर कुकर भेटिएको छ, बमको आतंक मच्चाउन खोजिएको छ, तर हामीले बम डिस्पोजल टिम खटाएका छौं।’ उनका अनुसार हालसम्म सरकारले एक सय ७० जनाभन्दा बढिलाई प्रहरीले पक्राउ गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ